१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिआइजीहरु सिंह, पन्त र धानुक एआईजीका लागि बढुवा सिफारिस



अ+ अ-

काठमाडौं, । नेपाल प्रहरीको एआइजीका लागि तीन   डिआइजी बढुवाका लागि  सिफारिश भएका छन् । सिफारिश भएकाहरुमा वसन्त कुमार पन्त, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक छन् । गृह सचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको समितिले मंगलबार सिंह, धानुक र पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

तीन एआइजीको दरबन्दी बढाउने निर्णय गरेर उनीहरुलाई बढुवाका लागि सिफारिश गरेको हो । बढुवा भएपछि प्रहरीमा प्राविधिकबाहेक ८ जना एआइजी हुनेछन् । बढुवा भएकाहरुमध्ये पन्त आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनी थापासँगै सेवानिवृत्त हुनेछन् ।

सिंह र धानुक एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको ब्याची हुन् । आइजीपी थापासहित एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की सेवानिवृत्त भएपछि आइजीपीमा पोखरेल र थापा मुख्य प्रतिष्पर्धी हुनेछन् । उनीहरुसँगै धिरज प्रताप सिंह र रविन्द्र धानुक पनि प्रतिष्पर्धी देखिएका छन् ।्र