१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धबाबाले पाए जिल्ला अदालतबाट सफाइ



अ+ अ-

विराटनगर ।  सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । बलात्कार सम्बन्धी मुद्दामा धर्मगुरु सिद्धबाबालाई सफाइ दिएको हो ।

 न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सोमबार सरकारकोअभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो । तर न्यायाधीश कोइरालाको इजलासले पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएको थियो ।  

एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।