ढाकाः बंगलादेशकी शिक्षा मन्त्री दीपु मोनीलाई कोरोना संक्रमण भएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता अबुल खायेरले कोरोना पोजेटिभ देखिएलगत्तै मन्त्री दीपु मोनी घरमै आइसोलेसनमा बस्नु भएको जानकारी दिनुभयो । उहाँको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको पनि प्रवक्ता अबुलले बताउनुभयो ।
अबुलका अनुसार आइतबार स्वास्थ्य अवस्था केही असामान्य भएपछि कोरोना परीक्षण गरिएको थियो ।
बंगलादेशका सबै ६४ जिल्लामा कोरोना भाइरस फैलिएको छ । सोमबारसम्म बंगलादेशमा ४ लाख ८० हजार व्यक्ति संक्रमित भइसकेका छन् भने ६ हजार ८७४ जनाको मृत्यु भएको छ । सिन्ह्वा











