१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय छ: सभापति देउवा

नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय छ: सभापति देउवा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन)विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतीले संक्रमणकालिन न्यायको जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सिद्ध भएको बताउनु भयो । उहाँले प्रश्तुत विधेयकले संक्रमणकालिन न्यायका सबै आधारभुत मान्यता बोकेको बताउनु भयो । उहाँले सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने, द्वन्दको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको पनि उल्लेख गर्नुभयो । उहाँले विधेयक संक्रमणकालिन न्यायको मान्यतामा आधारित प्रचलित कानून, सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल रहेको पनि बताउनु भयो । उहाँले विधेयक कानून बनेपश्चात सबै पीडितहरुलाई न्यायको अनुभुत गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न नसक्दा अन्यौलता एवं पीडितको न्याय पाउने अधिकार कुण्ठित भएको थियो । उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफैँ सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतीले सिद्ध गरेको छ । नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ । संसदमा प्रस्तुत विधेयकले संक्रमणकालिन न्यायका सबै आधारभुत मान्यता बोकेको छ । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने, द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको छ । यो विधेयक संक्रमणकालिन न्यायको मान्यतामा आधारित हाम्रो प्रचलित कानून, सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल रहेको छ ।

सशस्त्र द्वन्द्वका बेला भएका घटनाहरुले नेपाली समाजमा पीडा दिएको छ । लामो समयदेखि द्वन्द पीडितहरु न्यायको खोजीमा बसेका छन् । उचित परिपूरण हुन नसकेको कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नुपरेको छ । यो विधेयक कानून बनेपश्चात सबै पीडितहरुलाई न्यायको अनुभुत गर्नेछन् भन्ने मैले विश्वास लिएको छु । संक्रमणकालिन न्यायलाई टुंगोमा पुग्दै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ । यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभुति र परिपूरण ल्याउने व्यवस्था गरेको छ । विभिन्न मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरुलाई समेत ध्यानमा राख्दै शान्ति प्रक्रियाका बाँकी कामहरु संक्रमणकालिन न्याय टुंगोमा पुर्‍याउने विषय निष्कर्षमा पुगेको छ । यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास छ ।’

सभापति देउवाले यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट नियालिरहेको भन्दै विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विभिन्न मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरुलाई समेत ध्यानमा राख्दै विधेयक आएको बताउनु भयो ।