२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण: बेचन झाको इन्कारी बयान



अ+ अ-

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले इन्कारी बयान दिएका छन् ।

असार १४ मा पक्राउ परेका बेचनले अनुसन्धान अधिकृतहरूसँगको बयानमा भुटानी शरणार्थीको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

बेचनले मन्त्रिपरिषद्‌बाट भुटानी शरणार्थीको फाइलबारे ‘निर्णय गराउँछु’ भनेर २ करोडको चेक लिएको अन्य प्रतिवादीहरूको दाबी छ । तर,उनले आफू कुनै दलमा आबद्ध नरहेको जिकिर गरेका छन् ।

काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउन भनेपनि झाले पोलिग्राफ जाँच गराउन नमानेको खुलेको छ । अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको प्रतिवेदनमा उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।

सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतहरुले झा र अर्का आरोपी रामशरण केसीबीच भएको संवादको एउटा अडियो पनि उनलाई सुनाएका थिए । तर उनले उक्त आवाज आफ्नो नभएको उनले जिकिर गरेका छन् ।

उनले बयानमा भनेका छन्, ‘भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनैतिक पार्टीमा आबद्ध व्यक्ति होइन । टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत नभएकोले निजले कहाँ के कस्तो बयान दिएका हुने उनै जानुन् । चेकको सम्बन्धमा मलाई केही जानकारी छैन ।’, उनले थपे,’अडियोहरुमा भएको संवाद मेरो होइन । भिडियोमा देखिएका व्यक्तिहरू को हुन मलाई थाहा भएन । म मेरो आवाज परीक्षण गर्न म मन्जुर छु । श्याम कुमार श्रेष्ठलाई चिन्दिन । निजले के बयान दिए मलाई सरोकार छैन । हरिभक्त महर्जनलाई म चिन्दिन मैले निजबाट कुनै पनि रकम लिएको छैन । उनले के बयान दिएका छन्, उनै जानुन् ।’