२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण: बेचन झाको इन्कारी बयान



अ+ अ-

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले इन्कारी बयान दिएका छन् ।

असार १४ मा पक्राउ परेका बेचनले अनुसन्धान अधिकृतहरूसँगको बयानमा भुटानी शरणार्थीको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

बेचनले मन्त्रिपरिषद्‌बाट भुटानी शरणार्थीको फाइलबारे ‘निर्णय गराउँछु’ भनेर २ करोडको चेक लिएको अन्य प्रतिवादीहरूको दाबी छ । तर,उनले आफू कुनै दलमा आबद्ध नरहेको जिकिर गरेका छन् ।

काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउन भनेपनि झाले पोलिग्राफ जाँच गराउन नमानेको खुलेको छ । अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको प्रतिवेदनमा उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।

सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतहरुले झा र अर्का आरोपी रामशरण केसीबीच भएको संवादको एउटा अडियो पनि उनलाई सुनाएका थिए । तर उनले उक्त आवाज आफ्नो नभएको उनले जिकिर गरेका छन् ।

उनले बयानमा भनेका छन्, ‘भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनैतिक पार्टीमा आबद्ध व्यक्ति होइन । टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत नभएकोले निजले कहाँ के कस्तो बयान दिएका हुने उनै जानुन् । चेकको सम्बन्धमा मलाई केही जानकारी छैन ।’, उनले थपे,’अडियोहरुमा भएको संवाद मेरो होइन । भिडियोमा देखिएका व्यक्तिहरू को हुन मलाई थाहा भएन । म मेरो आवाज परीक्षण गर्न म मन्जुर छु । श्याम कुमार श्रेष्ठलाई चिन्दिन । निजले के बयान दिए मलाई सरोकार छैन । हरिभक्त महर्जनलाई म चिन्दिन मैले निजबाट कुनै पनि रकम लिएको छैन । उनले के बयान दिएका छन्, उनै जानुन् ।’