१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा हिन्दू लक्षित हिंसाविरुद्ध काठमाडौंमा प्रदर्शन, दूतावासमा ज्ञापनपत्र



अ+ अ-

काठमाडौं । बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मावलम्बी लक्षित आक्रमणका घटना तत्काल रोक्न माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

इस्कोनको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले बंगलादेशमा हिन्दू मन्दिर र भक्तजनहरु लक्षित गरी गरिएको विनास र हिंसा तत्काल रोक्न माग गरेका थिए । हिंसाविरुद्ध भएको प्रदर्शनपछि काठमाडौंस्थित बंगलादेशको राजदूतावासमा पुगेर ज्ञापनपत्रसमेत बुझाइएको छ ।

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडे पनि स्थिति शान्त भएको छैन । नयाँ सरकार प्रमुखको रुपमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस आएका छन् । तर त्यहाँ कानुनी राज छैन । अल्पसंख्यक समुदायमाथी निराशा बनाइँदै आएको छ ।

सानो संख्यामा रहेका हिन्दु धर्मावलम्बीहरु त्रसित अवस्थामा छन् । बंगलादेशमा करिब ९० प्रतिशत जनसंख्या मुस्लिमको छ भने बाँकी १० प्रतिशत हिन्दू र अन्य धर्म मान्नेहरु छन् ।

आक्रमणकारीले हिन्दुको सूची नै बनाएर आक्रमण गरेको बताइएको छ । उनीहरु त्यहाँबाट जानुअघि घरमा भएको नगद र गहनासमेत लुट्ने गरेका छन् ।

हसिनाले बंगलादेश छोडेपछि थुप्रै हिन्दु मन्दिरमा आक्रमण भएको छ । हसिनाको मुस्लिम लिग पार्टी धर्म निरपेक्ष नीतिका साथ अघि बढेको थियो । त्यसैले अन्य अल्पसंख्यकले सुरक्षाको अनुभूति गर्दै आएका थिए ।