२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

एएफसी च्यालेन्ज लिग: चर्च ब्वाइज पारोसँग स्तब्ध

एएफसी च्यालेन्ज लिग: चर्च ब्वाइज पारोसँग स्तब्ध
अ अ+ अ-

काठमाडौं । चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगको प्लेअफमा मंगलवार अग्रता जोगाउन नसक्दा हार व्यहोरेको छ ।

भारी वर्षाका कारण पूर्णरूपमा हिलाम्मे भएको दशरथ रंगशालामा भूटानी लिग च्याम्पियन पारो एफसीले घरेलु टोली चर्च ब्वाइजलाई २–१ ले हराएको हो । पारोको जितमा किंग्मा वांगचुक र विलियम ओपोकुले गोल गरे । चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा पारोले खेलमा अग्रता लिने अवसर पाएपनि सदुपयोग गर्न सकेन । विलियम्स ओपोकुको प्रहार दोस्रो बारमा ठोकिँदा पाराले ३१ औं मिनेटमा अर्को अवसर गुमायो ।  डिबक्सभन्दा केही बाहिर केइसुके होन्डाको फ्रिकिक प्रहार दोस्रो बारमा लागेर फर्कियो । लगत्तै त्यो बल चर्चब्वाइजका कप्तान अनन्त तामांगले क्लियर गर्दै संकट टारे । ३७ औं मिनेटमा चर्च ब्वाइजले आशालाग्दो अवसर बनाए पनि सदुपयोग हुन सकेन । त्यसको दुई मिनेटपछि भने चर्च ब्वाइजले सफलता पायो ।

चर्च ब्वाइजको मिडफिल्डर लाकेन लिम्बूले सहजै गोल गरे । मोसेस ग्याबाले पेनील्टी बक्सबाटै दिएको सुन्दर पासमा अनमार्क रहेका लाकेनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका हुन् । ४० औं मिनेटमा नै पारोले गोल फर्कायो । किंगा वान्गचुकले चर्च ब्वाइजका गोलकिपर दीप कार्की अगाडि बढेको अवस्थामा खोली पोस्टमै गोल गरे । पहिलो हाफको अन्तिम समयमा चर्च ब्वाइजको लामो दूरीबाट भएको प्रहारले सफलता पाउन सकेन । पहिलो हाफमा दुवै टोलीले १–१ को बराबरीमा टुंग्यायो ।

४६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले अग्रता बनाउने अवसर सदुयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाटै अन्जन विष्टको प्रहार पारोको गोलकिपर मिलोस सुपिचले बचाए पनि प्राप्त रिबाउण्डलाई एरिक पेनाल्टी बक्सबाटै गोल गर्न चुकेका हुन् । प्रहार गर्नै लाग्दा उनी चिप्लन पुगे । ५२ औं मिनेटमा होन्डाको प्रहार चर्च ब्वाइजका गोलकिपर दीपले रोक्दै टोलीको संकट टारे । एक मिनेट लगत्तै चर्च ब्वाइजका मोसेसको लामो प्रहार पारोका गोलकिपर सुपिचले पन्च गर्दै असफल पारे ।

५६ औं  मिनेटमा मिनेटमा चर्च ब्वाइजका सनीषा श्रेष्ठको प्रहार पारोका गोलकिपर सुपिचले मुस्किलले बचाए । ६७ औं मिनेटमा पारोले ओपोकुको गोलबाट अग्रता लियो । पारोको गोलकिपरले मध्य भागबाट गरेको पास चर्च ब्वाइजका ओमोलाजा करिमले क्लियर गर्न नसक्दा त्यो बल खोस्दै ओपोकुले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार चर्च ब्वाइजका गोलकिपर दीपले पत्तै पाएनन् ।

७६ औं मिनेटमा होन्डाको पासमा ओपोकुको लामो दूरीबाट भएको सशक्त प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो । ८३ औं मिनेटमा चर्च  ब्वाइजको खेलमा फर्कने सुन्दर अवसर गुम्यो । सञ्जीव विष्टले पेनाल्टी बक्सभन्दा बाहिरबाट गरेको सशक्त प्रहार पारोका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गरे । चर्च ब्वाइजले ८९ औं मिनेटमा बुनेको काउन्टर प्रयास पनि सफल भएन ।

काउन्टरमा मोसेसले पेनाल्टी बक्सबाट गरेको प्रहार माथिल्लो बारमाथि बाट बाहिरिन पुग्यो । खेलको अतिरिक्त समयमा पनि मोसेसको हेडर असफल भएपछि चर्च ब्वाइजले २–१ ले हार सामाना ग¥यो । यससककंगै पारोले गत सिजन नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लवसँग व्यहोरेको हारको बदला लियो ।