५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा टोलमै पुगेर खोप अभियान शुरु



अ+ अ-

मकवानपुर । मकवानपुरको केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाईएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ । 
मकवानपुरको चेपाङ बाहूल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकासहित केही वडामा खोप अभियान लक्ष्यभन्दा कम पाईएपछि टोलमै पुगेर खोप लगाउने अभियान शुरु भएको हो । खोपप्रतिको गलत प्रचार, अन्धविश्वास र खोप केन्द्र टाढा हुँदा ती क्षेत्रमा खोप लगाउने स्थानीयको संख्या कम छ । यसका कारण सर्वसाधारण भएकै स्थानमा पुगेर खोप अभियान सञ्चालन गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताउनुभयो ।

गाउँमै खोप अभियान पुगेपछि यसअघि खोप नलगाई बसेका चेपाङ समुदायका स्थानीयमा उत्साह देखिएको छ । भौगोलिक विकटताका कारण समेत खोप अभियानमा सहभागी नभएका सर्वसाधारण घरदैलोमै खोप लिएर टोली पुगेपछि सो अवसरलाई सदुपयोग गरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पनि सबै इकाईका स्वास्थ्य प्राविधिक र स्वयंसेविका परिचालन गरि टोल टोलमै कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ । विगतमा खोप लगाउन बेवास्ता गरेका स्थानीय चेपाङ र तामाङ समूदायको गाउँमै खोप लगाउने अभियान शुरु भएपछि भने सहभागिता बढेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाई ।

बागमती प्रदेश सरकारले कोरोनाविरुद्धको खोप लगाउने दर कम भएको स्थानीय तहलाई लक्षित गरेर चोक, चौतारा, पाटीपौवा, मठमन्दिर, गुम्बा, चर्च, टोल विकास संस्थाजस्ता स्थानीयको बढि उपस्थित हुने स्थानमै खोप अभियान संचालन गरिरहेको जनाएको छ ।