२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा सिफारिस राजदुतबिरुद्ध उजुरी दिन संसदीय सुनुवाई समितिको आह्वान



अ+ अ-

काठमाडौँ । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।

मंगलवार संसद भवन बानेश्वरमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकाबाट भारत, अमेरिका, बेलायत, चीन लगायतका देशका लागि सिफारिस राजदुतको संसदीय सुनुवाई प्रक्रिया शुरु गरेको हो ।

जसमा शंकरप्रसाद शर्मा भारत, श्रीकान्त रिजाल अस्टे«लिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्रा डा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा। नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रिता धिताल पाकिस्तानका लागि राजदुतमा सिफारिस गरेको थियो । उनीहरुको सुनुवाई गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपति समशेर जबराले बताउनु भयो । सुनुवाईका लागि प्रष्ट आधार र सवुत प्रमाणसहित सार्वजनिक उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको सभापति जबराले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिले जुन राजदुतहरुको नाम प्रश्तावित भएको छ, उनीहरुको नाम आएपछि छलफल र निर्णय गर्ने भन्नेकुरा भएको छ । सबै कुरा मान्यज्युहरुलाई वितरण गरिएको छ । यो कुरा पूरा भएपछि पर्सि बैठक बसेर टुंगोमा पुर्‍याउनेछौँ ।’

मन्त्रीपरिषद्ले सिफारिस गरेका राजदुतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।




भर्खरै