२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा सोमबार निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आमजनताले सहजरुपमा गुनासो र उजुुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाउनुभएको छ ।

‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ ।

सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामती ऐन चाँडो ल्याउनुपर्नेलगायत विषयमा ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो ।




सम्बन्धित समाचार
भर्खरै