२१ मंसिर २०८२, आईतवार
,
Latest
आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनर्निर्माण 



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुन:निर्माण भएको छ ।  करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण  समेत गरिएको थियो ।

बेनी–जोमसोम–सडक मुनी रहेको मन्दिरलाई सडक माथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुननिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो । उहाँका अनुसार रु २४ लाख ७० हजार ७५० को लागतमा मन्दिर पुन: निर्माण भएको हो ।  “मन्दिर पुुननिर्माणका लागि रु। १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म रु। १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ,” अध्यक्ष गिरीले भन्नुभयो “रु। चार लाख ७४ हजार ७०७ चन्दा सहयोग, रु। एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौ ।”रु दुई लाख ८० हजार ८५६ ऋण रहेको मन्दिर पुन:निर्माणका लागि सो सडक आयोजनाले सहमति अनुसार थप रु। एक लाख ६७ हजार तीन सय ३९ भुुक्तानी गर्न बाँकी छ ।

अन्नपूूर्ण गाउँपालिकाको रु १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१र ८२ मा रु। पाँच लाख विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मुर्ति राख्न बाँकी छ ।

मन्दिरभित्र हिन्दु धर्मावलम्बीहरुका भगवान् रामको मुर्ति राखिसकिएको छ ।  घेराबार र हनुमानको मुर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।  हिन्दुु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालीग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूूर्ण गाउँपालिकाको केन्द्र समेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताउनुभयो ।  रासस