२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कंगुवा’को धमाकेदार ट्रेलर रिलिज, सुरिया र बबीको अभिनयले काँप्यो दर्शकको मन



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय अभिनेता सुरियाको फिल्म ‘कंगुवा’ तमिल सिनेमाको सबैभन्दा ठूलो र बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो ।

चलचित्रको ट्रेलर आज रिलिज भएको छ । चलचित्रको घोषणा भएदेखि नै फ्यानहरु यसको प्रतिक्षामा थिए । यससँग सम्बन्धित अपडेटहरू पनि समय–समयमा आइरहेका छन् ।

विशेषगरी फिल्मको पहिलो झलकले मानिसको जिज्ञासा झनै बढाएको थियो ।

अब निर्माताले रोमाञ्चक ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरमा बबी देओल र सुरियाको धमाकेदार एक्सन देख्न सकिन्छ ।

फिल्मको ट्रेलर युद्धबाट सुरु हुन्छ, ट्रेलरमा केही आदिवासीहरु देखिएका छन्, जो बबी देओलसँग लड्न तयार छन् । यसमा सुरिया साहसी र निर्दयी पात्रमा देखिएका छन् । यस ट्रेलरमा युद्ध र त्यसले निम्त्याएको विनाश मात्रै देख्न सकिन्छ । ट्रेलरले प्रागैतिहासिक मानव र हाम्रो भविष्य दुवैलाई सुन्दर ढंगले चित्रण गरेको छ ।

हालै, अभिनेता सुरियाले एक पोस्टर सेयर गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरे । यो पोस्टरमा सुरिया लाशको थुप्रोमा तरवार लिएर उभिएका छन् । पोस्टर सेयर गर्दै उनले एक्स मा लेखेका छन् कि फिल्म १० अक्टोबर २०२४ मा हलमा रिलिज हुनेछ ।

शिवा द्वारा निर्देशित फिल्ममा बबी देओल, दिशा पटानी, नटराजन सुब्रमण्यम, जगपति बाबु, योगी बाबु, राडिन किंग्सले, कोभाई सरला, आनन्दराज, रवि राघवेन्द्र र अन्य धेरै मुख्य भूमिकामा छन् ।