४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कंगुवा’को धमाकेदार ट्रेलर रिलिज, सुरिया र बबीको अभिनयले काँप्यो दर्शकको मन



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय अभिनेता सुरियाको फिल्म ‘कंगुवा’ तमिल सिनेमाको सबैभन्दा ठूलो र बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो ।

चलचित्रको ट्रेलर आज रिलिज भएको छ । चलचित्रको घोषणा भएदेखि नै फ्यानहरु यसको प्रतिक्षामा थिए । यससँग सम्बन्धित अपडेटहरू पनि समय–समयमा आइरहेका छन् ।

विशेषगरी फिल्मको पहिलो झलकले मानिसको जिज्ञासा झनै बढाएको थियो ।

अब निर्माताले रोमाञ्चक ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरमा बबी देओल र सुरियाको धमाकेदार एक्सन देख्न सकिन्छ ।

फिल्मको ट्रेलर युद्धबाट सुरु हुन्छ, ट्रेलरमा केही आदिवासीहरु देखिएका छन्, जो बबी देओलसँग लड्न तयार छन् । यसमा सुरिया साहसी र निर्दयी पात्रमा देखिएका छन् । यस ट्रेलरमा युद्ध र त्यसले निम्त्याएको विनाश मात्रै देख्न सकिन्छ । ट्रेलरले प्रागैतिहासिक मानव र हाम्रो भविष्य दुवैलाई सुन्दर ढंगले चित्रण गरेको छ ।

हालै, अभिनेता सुरियाले एक पोस्टर सेयर गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरे । यो पोस्टरमा सुरिया लाशको थुप्रोमा तरवार लिएर उभिएका छन् । पोस्टर सेयर गर्दै उनले एक्स मा लेखेका छन् कि फिल्म १० अक्टोबर २०२४ मा हलमा रिलिज हुनेछ ।

शिवा द्वारा निर्देशित फिल्ममा बबी देओल, दिशा पटानी, नटराजन सुब्रमण्यम, जगपति बाबु, योगी बाबु, राडिन किंग्सले, कोभाई सरला, आनन्दराज, रवि राघवेन्द्र र अन्य धेरै मुख्य भूमिकामा छन् ।