३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै मधेस सरकार बिरुद्ध सिट्ठी जुलुस



अ+ अ-

जनकपुर । मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले बिरोधमा मधेस सरकार बिरुद्ध सिट्ठी जुलुस निकालेको छ ।

जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेस सरकारको जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्टी जुलुश निकालेर बिरोध प्रदर्शन गरेको हो ।

आफूहरुले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरेपनि आफूहरुको माग नसुनेकाले सिट्टी जुलुस निकालेको समाजवादी युवासंघ मधेसका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताउनु भयो । मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार समेत नरहेको भन्दै राजिनामा माग गर्नुभयो ।

जनकपुरधामको जनकचौकबाट शुरु भएको विरोध रयाली मधेस भवनतर्फ अगाडि बढदा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजेपनि युवा विद्यार्थीहरु प्रहरीको घेरा निष्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।