२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल—भारत विदेश सचिव भेट: दुई देश बीचका संयन्त्रहरुको बैठक सुचारु गर्नेबारे छलफल



अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकि सचिव सेवा लम्सालसँग भेटवार्ता गर्नुभएको छ ।

विदेशसचिव मिस्रीले सोमवार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकि सचिव लम्सालसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतीहरु तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरुको बीचमा समिक्षा गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल भारत सम्बन्धको सबै पक्षहरुको बीचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने कुराहरु समग्रमा छलफल भएको हो । खासगरी कुनै संरचनागत मेकानिजमको बैठक होइन । भारतीय विदेश सचिव उहाँको परिचयात्मक भ्रमणमा आउनुभएको हो । त्यो विषय भएपनि सबै विषयहरु छलफल भएको छ । भारतीय सहयोगबाट सञ्चालित विभिन्न परियोजनाहरु छ । हामी दुई देशका बिचमा विभिन्न संयन्त्रहरु छ । त्यो संयन्त्रहरुको बैठक सबै सुचारु रुपमा आगामी दिनमा गर्नुपर्छ भन्नेदेखि लिएर अगाडी कसरी जाने भन्ने विषय हो । यो भन्दा अगाडी पनि जब भारतमा नयाँ विदेश सचिवको नियुक्ति हुन्छ । उहाँले छिमेकी मुलुकहरुको भ्रमण गर्नुहुन्छ । त्यही क्रममा उहाँ नेपाल आउनु भएको हो । विगतमा भएका हाम्रा जुन सहमतीहरु छन्, भारतीय सहयोगबाट सञ्चालित विभिन्न कार्यक्रमहरु छन् । द्धिपक्षिय थुप्रै संयन्त्रहरु छ । तिनीहरुलाई कसरी आगामी दिनमा क्रियाशील बनाउने भन्ने विषय नै हो मुख्यत्:।’

उहाँले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकि परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताउनु भयो । भेटका क्रममा कुनै सहमती वा समझदारीहरु नभएको उहाँले स्पष्ट पार्नुभयो ।