१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक

चर्च ब्वाइजका लागि भूटानको पारो चुनौती

चर्च ब्वाइजका लागि भूटानको पारो चुनौती
अ अ+ अ-

काठमाडौँ ।  नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले मंगलवार एएफसी च्यालेन्ज लिग प्लेअफमा भूटानको पारो एफसीको चुनौती सामना गर्दैछ ।

यी दुईबीच मंगलवार साँझ ६ बजे दशरथ रंगशालामा प्रतिष्पर्धा हुँदैछ । तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होण्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । नेपाली घरेलु लिगमा नै सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारोले यही प्रतियोगिताका लागि भित्राएको छ । यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् । त्यसैले मंगलवार चर्च ब्वाइजले भूटानी प्रतिद्वन्दीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।

करिव एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने विश्वास चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई छ । तीन हप्ताभन्दा बढी समय भएकाले टिमको सन्तुलन मिलेको उनी बताउँछन् । खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्नसके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

पारोले अहिले भूटानमा लिग खेलिरहेको छ । लिगमा पारो शिर्ष स्थानमा छ । उनीहरूबीच राम्रो तालमेल पनि मिलेको छ । साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्राउँदै थप बलियो बनाएको छ । एएफसीले विदेशी खेलाडी अनुवन्धनमा सहज बनाएपछि पारोमा ११ विदेशी खेलाडी छन् । यसले लगानी धेरै गर्न नसक्ने क्लवका लागि केही गाह्रो हुने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जन बताउँछन् । तथापि पारोमा विदेशी खेलाडीबीच त्यति राम्रो तालमेल मिल्न नसकेको उनको बुझाइ छ ।

चर्च ब्वाइजले अफिसियल मैदानमा प्रशिक्षण गर्ने स्थान राम्रो पाउने सकेको छैन । पाहुना टोली पारोले प्रशिक्षण गर्दै आएको आर्मीको फुटबल मैदानमा खेल्न अयोग्य रहेको उल्लेख गरेपछि उसलाई दशरथ रंगशालामा प्रशिक्षण गर्ने अवसर दिइएको थियो । चर्च ब्वाइजले प्रशिक्षण गरिरहेको मैदान खेल्न योग्य नै नभएको प्रशिक्षक महर्जनको भनाइ छ । यद्यपि, मैदान अभाव हुँदा विकल्प नरहेको उल्लेख गरे । त्यसले गर्दा आफ्नो टोलीलाई पनि केही घाटा हुने उनको बुझाइ छ ।

यता, चर्च ब्वाइजका कप्तान अनन्त तामाङले आफूहरू दशरथ रंगशालामा लामो समयदेखि खेल्दै आएकाले त्यहाँ प्रशिक्षण गर्न नपाए पनि केही फरक नपर्ने उनको भनाइ छ । आफ्नो योजना र रणनीतिअनुरू खेल्न सके जुनसुकै मैदानको तयारीले पनि नतिजामा कुनै असर नपर्नेले उनले बताए । साथै कप्तान अनन्तले विपक्षी टोलीमा जस्तोसुकै नाम भएको खेलाडी आए पनि आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको उल्लेख गरे । उनले आफ्नो टोलीमा रहेका खेलाडीमा पनि क्षमता रहेको बताएका छन् ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आएपनि खराब मैदानका कारण चुनौती बन्नसक्ने बताए । उनले खराब मौसमका कारण प्रशिक्षण गर्ने मैदानको अवस्थामा नराम्रो रहेको उल्लेख गर्दै समयमा नै प्रशिक्षण गर्न नपाएको प्रति दुखेसो व्यक्त गरे । पछिल्लो सिजन मच्छिन्द्रसँग नतिजा सुखद् नभए पनि यस पटक आफ्नो टोली बलियो रहेको र मंगलवार चर्च ब्वाइजविरुद्ध राम्रो चुनौती दिने उनको विश्वास छ ।

उनले नेपाल भुटानको नजिककै छिमेकी रहेको र त्यसैले हरेक खेलाडीका बारे राम्रोसँग जानकार रहेको बताए । चर्च ब्वाइजको बारे पनि राम्रो जानकार रहेकाले खेल्न सहज हुने उनको विश्वास छ । नेपालमा पछिल्लो समय लिग हुन नसकेको र त्यसको फाइदा पारोले लिने पारोका प्रशिक्षक शर्मा बताउँछन् । चर्च ब्वाइजमा सबै राष्ट्रिय टोलीका खेलाडी रहेकाले टोली बलियो हुने र आफ्नो टोलीले कुनै गल्ती नगर्ने उल्लेख गरेका छन् ।

पारोको कप्तान किन्ले वाङचुकले पछिल्लो पटक नेपाल भ्रमण सुखद् नरहे पनि यस पटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यसका लागि आफ्नो टोलीले राम्रो तयारी पनि गरेको उल्लेख गरे । चर्च ब्वाइज बलियो रहेको र त्यहीअनुरू उत्कृष्ट प्रदर्शन गर्ने कप्तान वाङचुकको विश्वास छ ।

पारो प्लेअफ खेल्न गत शनिवार नेपाल आइपुगेको हो । यसबीच पाहुना टोलीले नेपालको मौसमअनुरूप प्रशिक्षण गर्न पनि पाएको छ । पछिल्लो सिजनको तुलनाम यस पटक बलियो टोली रहेको पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्छ । अघिल्लो सिजन नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।

च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजमा एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडी खेल्दैछन् । त्यसैले पनि चर्च ब्वाइज नेपालको राष्ट्रिय टोली जस्तै रहेको पारोका प्रशिक्षक शर्माले पनि उल्लेख गरिसकेको छ । चर्च ब्वाइजमा तीन विदेशी ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया) र मोजेस ग्याबा त्वाम (घाना) खेलाडी छन् ।

अन्य खेलाडीमा लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव बिष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की र विवेक पौडेल छन् । निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीषकुमार जर्गा र आदित्य शाक्य छन् । पारोसँगको खेलका लागि जनरल पारापिटतर्पm दुई सय र भिआइपीतर्पm पाँच सय रुपैयाँ टिकट मूल्य तय गरिएको छ ।