७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने सरकारको निर्णय गैरकानुनी



अ+ अ-

काठमाडौं । खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी भएको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतले सरकारको सो निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले सरकारले खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी गरेको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै बिहीबार त्यसलाई बदर गरेको छ । सर्वोच्चको सो निर्णयसँगै खेतीयोग्य जमिनलाई अब कित्ताकाट गर्न नपाइने भएको छ । सरकारले २०७४ सालमा खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न नपाउने गरी रोक लगाएको थियो । त्यसपपछि भूमि सुधार मन्त्रालयले गत भदौ १८ गतेको निर्णय भनी २०७४ सालमा भएको सो निर्णयलाई हटाएको थियो ।

सरकारले संवैधानिक र गैरकानुनीरूपमा खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न अनुमति दिएको उल्लेख गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेद्वारा संयुक्तरूपमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सरकारले गत भदौ १८ गते गरेको निर्णय भूमि उपयोग ऐन–२०७६ विपरीत भएको निष्कर्ष निकाली सो निर्णयलाई खारेज गरेको हो । रिट निवेदकमध्येका अधिवक्ता सुजन नेपालले निर्णयको पूर्णपाठ आइनसकेको उल्लेख गर्नुभयो ।

भूमि उपयोग ऐन–२०७६ को दफा ८ मा एउटा प्रयोजनका लागि छुट्याइएको जमिनलाई अर्को प्रयोजनका लागि प्रयोगमा ल्याउन नहुने उल्लेख गरिएको छ । सो ऐनको दफा ४ मा जमिनको वर्गीकरण १० प्रकारले गरिएको छ । दफा ५ मा ऐन प्रारम्भ भएको एक वर्षभित्र प्रत्येक स्थानीय तहले भू–उपयोग नक्सा तयार गरी वा गर्न गर्न लगाउनुपर्ने उल्लेख छ । सोबमोजिम तयार गर्नुपर्ने नक्सा नबनाई भू–माफियाको चङ्गुलमा परी सरकारले कित्ताकाट गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो । उक्त ऐनले विशेष गरी जगाको खण्डीकरण गर्न रोकी चक्लाबन्दीका लागि प्रोत्साहन गरेको हुँदा सरकारले जग्गा खण्डीकरण गर्न गरेको निर्णय पहिलो नजरमा नै कानुनविपरीत भएको रिट निवेदनमा उल्लेख गरिएको थियो ।

यसअघि सर्वोच्चले खेतीयोग्य जमिनलाई कित्ताकाट गर्न नसक्ने गरी २०७४ सालमा भएको निर्णय र सो निर्णयलाई उल्ट्याउने गरी गत भदौ १८ गते भएको निर्देशनात्मक आदेशसहितका सक्कल फाइल पठाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो ।

सो आदेश प्रधानन्यायाधीश जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी भएको निर्देशनात्मक आदेश र सो आदेशभन्दा अघिको कित्ताकाट गर्न नसक्ने गरी भएको निर्णयको सक्कल फाइल पठाउन दुई दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आदेश दिएको थियो । रिट निवेदकको तर्फबाट अधिवक्ताहरु कीर्तिनाथ शर्मा, अमिता शर्मा गौतमलगायतले बहस गर्नुभएको थियो । नेपाल समाचारपत्र दैनिक