१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक

सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न आग्रह गर्दै बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन

सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न आग्रह गर्दै बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन
अ अ+ अ-

काठमाडौँ । बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न लगायतका विषयमा ध्यानाकर्षण गराउँदै नेपालस्थित बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन भएको छ ।

२०८१ साउन २८ गते दिउँसो मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौ बसुन्धारास्थित बंगलादेशी राजदुतावास अगाडि आधा घण्टा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा मानव अधिकार उल्लंघनका घटनामा निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर, शान्ति र सद्भाव कायम गर, अल्पसंख्यक समुदायमाथि आक्रमण र अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर, बंगलादेश स्वतन्त्रता बिरोधी कट्टरपन्थीहरुको कृडास्थल नबनोस, बंगलादेश: उदार लोकतान्त्रिक धारा अवलम्वन गर, अल्पसंख्यकको सुरक्षा गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनपछि शान्ति समाजका तर्फबाट बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित बंगलादेशी राजदुत सलाहुद्धिन चौधरीलाई हस्तान्तरण गरिएको थियो । पत्रमा–हालै बंगलादेशमा भएको आन्दोलनको परिणाम स्वरुप गठित अन्तरिम सरकारले घृणा र प्रतिशोधको दुष्चक्रबाट बंगलादेशलाई मुक्त राख्दै सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न र आन्दोलनका दौरान भएका मानव अधिकार उल्लंघनका जघन्य घटनाको निष्पक्ष छानविन गरि दोषीहरुलाई कारबाही सुनिश्चित गर्न आग्रह गरिएको छ ।

बंगलादेशमा हिंसा र अराजकता नरोकिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सद्भाव बिथोल्ने र अल्पसंख्यकहरु माथिको आक्रमणका घटनाको निन्दा गरिएको छ । अल्पसंख्यकहरुमाथि भइरहेको आक्रमण र अत्याचार शिघ्र रोक्न, अल्पसंख्यक लगायत सबै बंगलादेशी नागरिकहरुको सुरक्षाको प्रत्याभूति गर्न र शान्ति एवं सद्भाव कायम गर्ने दिशामा ठोस कदम चाल्न शान्ति समाजका तर्फबाट अन्तरिम सरकारलाई आग्रह गरिएको छ ।

प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, सचिवद्वय रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यद्वय नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु उमा गौतम, रविना धमला, कल्पना थापा, मुना ढुंगाना, बटुकृष्ण ढुंगेल लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।