• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

ठग सुकेशले ज्याकलिनलाई जन्मदिनमा जेलबाटै प्रेमपत्र लेख्दै यस्तो महँगो उपहार दिने घोषणा गरे



एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले अगस्ट ११ मा आफ्नो ३९ औं जन्मदिन मनाएकी थिइन् ।

२०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा थुनिएका ठग सुकेश चन्द्रशेखरले अभिनेत्रीलाई उनको जन्मदिनमा व्यक्तिगत याट उपहार दिएका छन् ।

यससँगै सुकेशले आफ्ना १०० फ्यानलाई आइफोन–१५ प्रो वितरण गर्ने घोषणा गर्दै जेलबाट अभिनेत्रीलाई प्रेमपत्र पनि पठाएका छन् ।

ठग सुकेशले ज्याकलिनलाई उनको जन्मदिनमा जेलबाट प्रेमपत्र पठाएका थिए । इकोनोमिक्स टाइम्सको रिपोर्टका अनुसार पत्रमा ज्याकलिनलाई जन्मदिनको शुभकामना दिँदै सुकेशले उनलाई याट दिने कुरा गरेका छन् ।

उनले ज्याकलिनलाई सन् २०२१ मा मन परेको डुंगा उपहार दिने बताएका छन् । सुकेशले करको सबै औपचारिकता पूरा गरेपछि यो महीना नै जहाज वितरण गर्ने ताकि कसैले खोस्न नपरोस् भन्ने वाचा गरेका छन् ।

सुकेशले पत्रमा ज्याकलिनको अर्को जन्मदिन उनीसँगै मनाउने वाचा गरेका छन् । केही समयअघि सुकेशले ज्याकलिनको जन्मदिनमा उनको गीत यम्मी यम्मीलाई सपोर्ट गर्ने १०० फ्यानलाई आइफोन–१५ प्रो उपहार दिने घोषणा गरेका थिए । यो वाचा पूरा गर्दै उनले आफ्नो टोलीले छिट्टै भाग्यशाली विजेता घोषणा गर्ने घोषणा गरेका छन् ।

ठगी गर्ने सुकेश चन्द्रशेखर २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा विगत केही वर्षदेखि जेलमा छन् । मनी लान्ड्रिङ प्रकरणमा अनुसन्धानका क्रममा ज्याकलिन सुकेशसँग सम्बन्धमा रहेको खुलासा भएको थियो, जसका कारण अभिनेत्री पनि अनुसन्धानको घेरामा परेकी थिइन् ।

आफूलाई व्यापारी बताउने सुकेशको ज्याकलिनसँग सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ । त्यसबेला उनले ज्याकलिनलाई धेरै महँगो र बहुमूल्य उपहारहरू पनि दिए । अर्कोतर्फ ज्याकलिनले प्रहरीलाई दिएको बयानमा सुकेश ठग भएको थाहा नभएको बताएकी छन् ।

विगत केही महिनादेखि सुकेश चन्द्रशेखर जेलबाट ज्याकलिनलाई विशेष अवसरमा प्रेमपत्र लेख्दै आएका छन् । ज्याकलिनका वकिलले पनि यी पत्रमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । किनभने यसले उनको छविमा नराम्रो असर परेको छ ।