७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा



अ+ अ-

जनकपुरधाम । जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ स्वरूप सञ्चालनमा आएको छ । छ कट्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र छ तले कन्ट्रोल टावर निर्माण गरिएको जनकपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कुल ४२ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त टर्मिनल भवन छ सय यात्रु रहन सक्ने क्षमताको छ ।

साथै ८० वटा कार र १५० मोटरसाइकल पार्किङ सुविधा तथा ३५ सुरक्षाकर्मीका लागि आवास गृहसमेत निर्माण गरिएको छ । आठ वर्षअघि २०६९ कात्तिकमा १८ करोड रुपियाँको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले उक्त टर्मिनल भवन शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।

प्राविधिक समस्या तथा रकम अभावका कारण टर्मिनल भवन निर्माण कार्य लम्बिएको हो । उद्घाटन समारोहमा मन्त्री भट्टराईले अन्तरप्रदेश सञ्जाल बढाउन सरकारले टर्मिनल भवन निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले यसको स्वामित्व सङ्घीय सरकारमा भए पनि तीनवटै सरकारको समन्वय र सहयोगले यसको निर्माण कार्य पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले आउने दिनमा यसलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न नयाँ अत्याधुनिक टर्मिनल भवन तथा कन्ट्रोल टावरले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा एक हजार छ सय मिटरको धावन मार्ग निर्माण र जग्गाको व्यवस्थापन गर्न उहाँले स्थानीय सरकारसँग आग्रह पनि गर्नुभयो । २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा दिइँदै आएको थियो । गोरखापत्र दैनिक