३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ: उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न म्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताउनु भयो । उहाँले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताउनु भयो । उहाँले सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै जना महाअभियानमा छौँ । हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ । यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुछ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु । आज मेनिफेस्टो बन्दैछ । त्यो मेनिफेस्टो प्रमाण पनि हो भविष्यप्रतिको प्रतिवद्धताको । यो मेनिफेस्टोले सामुहिक दृष्टिकोण दिन सकोस् । हाम्रा साझा मूल्यहरुलाई अघि बढाउन सकोस् । यो मेनिफेस्टो कसैले बनाइदिएको होइन, हामी सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ । हामी र भावी पुस्ताको लागि वाचा बन्न सकोस् ।’

उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताउनु भयो ।