५ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबा सिद्धेश्वरनाथमा भागदौड, ७ जनाको मृत्यु, ३५ घाइते



अ+ अ-

काठमाडौं । भारत बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वरनाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । गएराति भएको भागदौडमा ३५ श्रद्धालु घाइते भएका छन् ।

जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव लगिएको र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ ।

दुर्घटनाको जानकारी दिँदै घाइतेहरुलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जेहानाबादका प्रहरीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ ।

साउन महिनामा यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार गएराति देखि नै धेरै मानिस पूजा गर्न आएका थिए ।