१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको अवस्था स्थिर



अ+ अ-

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले बताएकी छन् ।

९६ वर्षीय उनको विगत दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय संस्थानमा उपचार भइरहेको छोरी मरिना महाथिरले बताइन् ।

महाथिर फेरि अस्पताल भर्ना भएको खबर फैलिएसँगै शनिबार अस्पतालमा सञ्चारमाध्यमहरू भेला भएका थिए र वर्तमान प्रधानमन्त्री इस्माइल साबरी याकोबले पनि उनलाई भेटेका थिए।

एक विज्ञप्तिमा उनकी छोरीले महाथिरले करिब दुई हप्ताअघि सोही सुविधामा एक प्रक्रियापछि फलोअप उपचार गराइरहेको बताइन्।

“उहाँको अवस्था अहिले स्थिर छ र उपचारमा राम्रो प्रतिक्रिया दिइरहेको छ”, उनले भनिन्। उनको परिवारले जनतालाई उहाँको पूर्ण स्वास्थ्यलाभक लागि प्रार्थना गर्न अनुरोध गरेको बताइन् । 

महाथिरले डिसेम्बरमा पनि उपचारका लागि अस्पतालमा केही दिन बिताएका थिए। उनलाई वर्षौंदेखि मुटुसम्बन्धी धेरै समस्या छन्, धेरै पटक हृदयघात भएको छ र बाइपास सर्जरीसमेत गराइसकेका छन्।

महाथिर मलेसियाको सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व मध्ये एक हुन् । उनले कुल २४ वर्षसम्म दुई पटक प्रधानमन्त्रीका रूपमा सेवा गरिसकेका छन्।

उहाँ सन् १९८१ देखि २००३ सम्म मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि सन् २०१८ मा ठूलो भ्रष्टाचार घोटालापछि एक सुधारवादी गठबन्धनको नेतृत्व गर्दै उहाँ ९२ वर्षको उमेरमा सत्तामा फर्कनुभयो ।

तर त्यो सरकार सन् २०२० मा आपसी कलहका कारण पतन भयो। एजेन्सी