१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक

आक्रमण र अनलाइन गलत सूचनाले बङ्गलादेशी हिन्दूहरूमा त्रास, महिलामाथि दुर्व्यवहार

आक्रमण र अनलाइन गलत सूचनाले बङ्गलादेशी हिन्दूहरूमा त्रास, महिलामाथि दुर्व्यवहार
अ अ+ अ-

एजेन्सी । बङ्गलादेशी युवा व्यवसायी तनुश्री शाह प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट बर्खास्त गरेपछि आफ्नो परिवारविरुद्ध हालैको भीडको हिंसाबाट आक्रोशित हुनुभएको छ । उहाँलाई आफ्ना हिन्दू साथीहरूले थप प्रतिशोधको सामना गर्नसक्छन् भन्ने डर छ ।

ती डर उचित भए पनि हिन्दू–बहुल छिमेकी मुलुक भारतमा मिडियाद्वारा अनलाइनमा फैलाइएका अन्य घातक आक्रमणको झुटा अफवाहहरूको लहरबाट यसलाई बढावा मिलेको छ ।

अधिकांश मुस्लिम बङ्गलादेशमा हिन्दू सबैभन्दा ठूलो अल्पसङ्ख्यक समुदाय हो र यो समुदायलाई हसिनाको पार्टी अवामी लिगका लागि दृढ समर्थनको आधार मानिन्छ ।

सोमबार हसिनाको अचानक राजीनामा र विदेश पलायनपछि उहाँको १५ वर्षको शासन अन्त्य गरेसँगै धेरै हिन्दू परिवार आफ्ना छिमेकीहरूको निशानामा आए ।

राजधानी ढाकामा हस्तकला व्यवसायका ३१ वर्षीय प्रबन्धक शाहले भन्नुभयो, “एक समूहले मेरो काकाको पसलमा तोडफोड गरे ।”

उहाँले भीडले काकाको पैसा चोरेको र मैमनसिंह सहरको उत्तरमा किराना पसलको सेफ खाली गरिदिएको बताउनुभयो । त्यसपछि काकालाई उनीहरूले पिटेको र भविष्यमा आक्रमण रोक्न थप पैसा मागेको शाहले बताउनुभयो ।

शाह ढाका विश्वविद्यालय नजिकै हसिनालाई सत्ताबाट हटाउने विद्यार्थीहरूको विरोध प्रदर्शनमा गत महिना एक हजारभन्दा बढी हिन्दूसँग उभिनुभएको थियो ।

उक्त समूह नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको मुलुकको नयाँ अन्तरिम सरकारसँग आफ्नो धर्मका सदस्यहरूलाई तत्काल क्षति हुनबाट बचाउन तुरुन्तै माग गर्न भेला भएको थियो ।

यद्यपि शाहले हिन्दूहरूप्रतिको शत्रुता गत महिनाको राष्ट्रिय उथलपुथलभन्दा गहिरो भएको बताउनुभयो । “जब कुनै सरकार ढल्छ या कुनै समस्या उत्पन्न हुन्छ त्यतिबेला हामी अवसरवादीहरूबाट पीडित हुन्छौँ ।”

महिलामाथि दुर्व्यवहार

सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेशमा करिब आठ प्रतिशत हिन्दू छन् । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा धार्मिक आधारमा भारत र पाकिस्तानको अव्यवस्थित विभाजनका कारण व्यापक हिंसा सुरु भएपछि यो बङ्गलादेशमा हिन्दूहरूको सङ्ख्यामा तीव्र गिरावट थियो ।

सन् १९७१ मा पाकिस्तानविरुद्ध बङ्गलादेशको विनाशकारी मुक्ति सङ्ग्राममा धेरै हिन्दू भागे । उक्त द्वन्द्वमा ३० लाख मानिसको मृत्यु भयो र स्वतन्त्रताका समर्थकका रूपमा हेरिने हिन्दूहरू असमान रूपमा पीडित भए ।

धार्मिक अधिकार समूहहरूले गत सातामा अल्पसङ्ख्यक समुदायमाथि आक्रमणका दुई सयभन्दा धेरै घटना रेकर्ड गरिएको र यसमा क्रिस्चियन र बौद्धहरू पनि समावेश भएको बताएका छन् ।

मानवाधिकार कार्यकर्ता राणा दासगुप्ताले भिडियो वयानमा भन्नुभयो, “घटनाहरूमा घरहरूमा आक्रमण, पसल र पूजा स्थलमा तोडफोड समावेश छन्, महिलाहरूसँग पनि दुर्व्यवहार गरिएको छ ।”

हसिनाको पतनपछि अन्य सयौँ हिन्दू भारतीय सीमा पार गर्न आग्रह गर्दै आइपुगेका छन् ।

धर्मको आधारमा विभेद नगरौँ 

प्राय यी सबै आक्रमण प्रधानमन्त्री भागेपछिका अराजक घन्टाहरूमा भएका थिए । हसिनालाई निष्कासन गर्ने युवा विद्यार्थी र जनताका अन्य सदस्यहरू कानून–व्यवस्था शून्यतामा प्रवेश गरेका छन् ।

उनीहरूले लुटपाट रोक्न रात्रिकालीन छिमेकी हेरचाह समूह व्यवस्थित गरेका छन् र मन्दिरहरू बाहिर स्वयंसेवकहरू परिचालन गरेका छन् ।

आइतबार मध्यरातपछि ढाकाको एक व्यस्त इलाकामा गस्ती गरिरहेका मोहम्मद मियादले भन्नुभयो, “हामी लुटेराहरूलाई पक्रन राति जाग्राम बसेका छौँ ।”

विद्यार्थी आन्दालनका नेताहरूले शुक्रबार हिन्दू समुदायसँग भेट गरी उनीहरूको चिन्ता सुनेका थिए ती चिन्तालाई युनुसको प्रशासनलाई बुझाएका थिए ।

युनुसले शनिबार आफैँ मुलुकमा भेदभावका लागि कुनै स्थान नभएको बताउनुभएको थियो । उहाँले पत्रकारहरूसँग भन्नुभयो, “एउटा नयाँ बङ्गलादेश बनाउनु हाम्रो जिम्मेबारी हो, धर्मका आधारमा विभेद नगर्नुहोस् ।”

हामी नागरिक होइनौँ ?

हिन्दूविरुद्ध हिंसा वास्तविकताभन्दा पनि खराब छ भनी अनलाइनमा आक्रमणका झुटा रिपोर्ट फैलिँदा चिन्ताहरू अझ बढेका छन् ।

यीमध्ये धेरैको उत्पत्ति भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भएको छ । यिनीहरूका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दू आस्थाका निर्विवाद समर्थक हुनुहुन्छ र हसिनाको शासनको कट्टर समर्थक हुनुहुन्थ्यो ।

भारतको सबैभन्दा साझा भाषा हिन्दीमा लेखिएको र सामाजिक सञ्जाल एक्समा व्यापक रूपमा साझा गरिएको पोस्टमा पाँच सयभन्दा धेरै हिन्दूको हत्या गरिएको, सयौँ हिन्दू महिलालाई बलात्कार गरिएको र दर्जनौँ मन्दिर जलाइएको झुटो दाबी गरिएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका थोमस किनले कयौँ थप विचित्र दाबीलाई पनि भारतीय मिडियाले उठाएको र तथ्यका रूपमा रिपोर्ट गरेको बताउनुभयो ।

“उनीहरूको रिपोर्टिङ र विश्लेषणले एउटा विश्व दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ जुन धरातलीय यथार्थसँग बिल्कुल भिन्न छ”, उहाँले भन्नुभयो ।

आफ्नो पतनपछि हसिनाले भारतमा शरण लिनुभएको छ । यसबाट बङ्गलादेशीहरूमा भारतका लागि दुश्मनी बढेको छ ।

किनका अनुसार हसिनाको पदच्यूतको वरपर भएका अशान्तिमा मारिएका चार सय ५० भन्दा बढी मानिसमा हिन्दूहरूको सङ्ख्या धेरै थियो भन्ने कुराको कुनै सङ्केत छैन ।

तैपनि हिन्दूविरुद्ध आक्रमणको सबैभन्दा नराम्रा रिपोर्ट बनाइए पनि हिन्दू समुदायभित्र डर र क्रोधको व्यापक भावना कायम छ ।

“तानाशाहीको पतनपछि हामीले विजय जुलुस निकाल्नुपर्थ्यो”, २० वर्षीया विद्यार्थी मौमिता अधिकारीले ढाका विश्वविद्यालय नजिकै हिन्दू प्रदर्शनमा भन्नुभयो, “त्यसो भए हामी यहाँ किन विरोध गरिरहेका छौँ ? के हामी यो देशका नागरिक होइनौँ ?”