३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट ८१ लाख सङ्कलन



अ+ अ-

जलेश्वर । विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म रु ८१ लाख सङ्कलन भएको छ ।

महायज्ञ मूला आयोजक समितिका अध्यक्ष हीरा गौतमले सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिवासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज सातौँ दिनसम्म रु ८१ लाख दुई हजार २३ नगद दान प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँकानुसार महायज्ञमा अहिलेसम्म छ सय ५३ जनाले दान गरेकामा एक जनाले भने रु एक लाख दुई हजार गोप्य दान गरेका छन् । साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि रु डेढ करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ । जुन लक्ष्य महायज्ञ समापनसम्म पुग्ने विश्वास रहेको संयोजक गौतमले बताउनुभयो ।

यसैबीच हाम्रो माया घर निर्माणका लागि महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँटा सहयोग गर्नुभएको छ भने बर्दिवास नगरपालिका– १४ बस्ने चन्देश्वर साहले एक सय पाँच बोरा सिमेन्ट सहयोग गर्नुभएको छ । रासस