१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक

अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ: नेता कोईराला

अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ: नेता कोईराला
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताउनुभएको हो ।

उहाँले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताउनु भयो । उहाँले दुवै सदनमा बहुमत पुर्‍याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताउनु भयो । नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा(माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताउनु भयो । उहाँले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राजनीतिज्ञहरुले राजनीति गर्ने हो । पैसा कमाउनलाई त्यहाँ(सरकारमा) जाने होइन भन्ने कुरा एकदम बुझिने भाषामा हामीले भन्न सक्नुपर्छ । मैले हाम्रा साथीहरु जो मन्त्री हुनुभएको छ, उहाँहरुलाई मैले के भनेको छु भने तिमीहरु कस्तो गर्छौ ?भोलि काम कति सक्छौँ ? सक्दैनौ ? त्यो आफ्नो ठाउँमा छ । तर मन्त्रिपरिषद्बाट निस्किदाँखेरी निष्कलङ्क निस्क । त्यति सबैभन्दा ठूलो कुरा हो । तिमीहरु निष्कलङ्क निस्कियौँ भने नेपाली कांग्रेसको इज्जत रहन्छ । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने छ । तर हामीले यो पनि बुझ्नुपर्ने हुन्छ । अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाईं पनि हो । ०६२/०६३ को आन्दोलनले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाँइ पनि भएको छ भन्ने कुरा पनि हामीले दिमागमा राखौँ । त्यसकारण निर्वाचन प्रणालीमा सबै जातजातिहरुलाई समेट्नेगरी तर बहुमत आउनेगरी कसरी गर्न सकिन्छ त्यतातिर सोच्नुपर्‍यो ।’

‘कसरी गर्दा उनीहरुको प्रतिनिधित्व पनि संसदमा सुनिश्चित हुन्छ । र बहुमतको सरकार पनि बन्नसक्छ । त्यतातिर पनि ध्यान पुर्‍याउँ । समावेशी चरित्रको संविधानलाई आगाध नपुग्नेगरी बनाऔँ भन्नेछ । संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस् । त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ । किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नैपर्ने हुन्छ । संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरुलाई पनि हामीहरुले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्नेकुरा नेपाली जनताको हो । कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौँ । नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरुले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ ।’

उहाँले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा(एमाले) एक ठाउँमा उभिएका बताउनु भयो । उहाँले नेपाली काँग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताउनु भयो ।