२ श्रावण २०८३, शनिबार
,
Latest
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जुन रामपालको एक्स अकाउन्ट ह्याक



अ+ अ-

एजेन्सी । ‘धाकड, ड्याडी, क्र्याक’ जस्ता फिल्ममा देखिएका बलिउड अभिनेता अर्जुन रामपालले हालै सामाजिक सञ्जालमार्फत आफ्नो एक्स अकाउन्ट (पहिलेको ट्विटर) ह्याक भएको बताएका छन् । अर्जुनले यसलाई नराम्रो खबर भनेका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा यो जानकारी दिँदै अर्जुन रामपालले लेखेका छन्, ‘यो राम्रो समाचार होइन । मेरो एक्स अकाउन्ट ह्याक भएको छ । कृपया, कुनै पनि ट्वीट वा सन्देशको जवाफ नदिनुहोस् ।’

अर्जुन रामपाल सोशल मिडियामा धेरै सक्रिय छन् । अभिनेता सामाजिक सञ्जालमा ओलम्पिक खेल्न जाने भारतीय खेलाडीलाई निरन्तर प्रोत्साहन दिइरहेका थिए । उनको एक्स अकाउन्टबाट उनको अन्तिम पोस्ट अगस्त ९ मा थियो, जसमा उनले एथलीट नीरज चोपडालाई भाला थ्रोमा रजत जितेकोमा बधाई दिए ।

अर्जुन रामपाल लामो समयदेखि कुनै ठूलो हिट फिल्मको हिस्सा बनेका छैनन् । सन् २०२३ मा कंगना रनावतको फिल्म ‘धाकड’मा अर्जुन खलनायकको भूमिकामा देखिएका थिए । यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । त्यसपछि यो वर्ष रिलिज भएको फिल्म ‘क्र्याक’मा विद्युत जामवालसँग देखिएका थिए । यो फिल्मले पनि बक्स अफिसमा खास केही गर्न सकेन ।

अर्जुन रामपाल चाँडै फिल्म ‘द ब्याटल अफ भीमा कोरेगाउँ’मा देखिनेछन् । फिल्मको रिलिज मिति भने घोषणा नभएपनि यो फिल्म तयार भइसकेको छ । यसबाहेक उनीसँग मंकी, नास्तिक र धुरन्दर जस्ता फिल्म पनि छन् । फिल्मका अलावा अर्जुन नेटफ्लिक्स सिरिज ‘राणा नायडू’मा पनि देखिनेछन् ।

फिल्मी करियरको कुरा गर्ने हो भने मोडलिङमा सफलता हासिल गरेपछि अर्जुन रामपालले सन् २००१ मा आएको फिल्म ‘प्यार इश्क और मोहब्बत’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । अभिनेता दिल है तुम्हारा, दिल का रिश्ता, याकन, हमको तुमसे प्यार है, रक अन, हाउसफुल, राजनीती जस्ता उत्कृष्ट फिल्महरूमा देखिएका छन् ।