१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जुन रामपालको एक्स अकाउन्ट ह्याक



अ+ अ-

एजेन्सी । ‘धाकड, ड्याडी, क्र्याक’ जस्ता फिल्ममा देखिएका बलिउड अभिनेता अर्जुन रामपालले हालै सामाजिक सञ्जालमार्फत आफ्नो एक्स अकाउन्ट (पहिलेको ट्विटर) ह्याक भएको बताएका छन् । अर्जुनले यसलाई नराम्रो खबर भनेका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा यो जानकारी दिँदै अर्जुन रामपालले लेखेका छन्, ‘यो राम्रो समाचार होइन । मेरो एक्स अकाउन्ट ह्याक भएको छ । कृपया, कुनै पनि ट्वीट वा सन्देशको जवाफ नदिनुहोस् ।’

अर्जुन रामपाल सोशल मिडियामा धेरै सक्रिय छन् । अभिनेता सामाजिक सञ्जालमा ओलम्पिक खेल्न जाने भारतीय खेलाडीलाई निरन्तर प्रोत्साहन दिइरहेका थिए । उनको एक्स अकाउन्टबाट उनको अन्तिम पोस्ट अगस्त ९ मा थियो, जसमा उनले एथलीट नीरज चोपडालाई भाला थ्रोमा रजत जितेकोमा बधाई दिए ।

अर्जुन रामपाल लामो समयदेखि कुनै ठूलो हिट फिल्मको हिस्सा बनेका छैनन् । सन् २०२३ मा कंगना रनावतको फिल्म ‘धाकड’मा अर्जुन खलनायकको भूमिकामा देखिएका थिए । यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । त्यसपछि यो वर्ष रिलिज भएको फिल्म ‘क्र्याक’मा विद्युत जामवालसँग देखिएका थिए । यो फिल्मले पनि बक्स अफिसमा खास केही गर्न सकेन ।

अर्जुन रामपाल चाँडै फिल्म ‘द ब्याटल अफ भीमा कोरेगाउँ’मा देखिनेछन् । फिल्मको रिलिज मिति भने घोषणा नभएपनि यो फिल्म तयार भइसकेको छ । यसबाहेक उनीसँग मंकी, नास्तिक र धुरन्दर जस्ता फिल्म पनि छन् । फिल्मका अलावा अर्जुन नेटफ्लिक्स सिरिज ‘राणा नायडू’मा पनि देखिनेछन् ।

फिल्मी करियरको कुरा गर्ने हो भने मोडलिङमा सफलता हासिल गरेपछि अर्जुन रामपालले सन् २००१ मा आएको फिल्म ‘प्यार इश्क और मोहब्बत’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । अभिनेता दिल है तुम्हारा, दिल का रिश्ता, याकन, हमको तुमसे प्यार है, रक अन, हाउसफुल, राजनीती जस्ता उत्कृष्ट फिल्महरूमा देखिएका छन् ।