२ माघ २०८१, बुधबार
,
Latest
काठमाडौं महानगरले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको कानूनमन्त्री लामिछानेको गुनासो कति सिकियो त भूकम्पले सिकाएको पाठ? सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई बंगलादेशमा प्रतिबन्ध लगाइयो पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेल उद्घाटन अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित एलिट कपः लन्चअघि आर्मी ४६ रनले पछाडि, भीमको अर्धशतक पीपीएमा भएका असमानता हटाई विद्युत खरिददर वृद्धि गर्न उर्जा व्यवसायीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश, ढाकामा एटीएमहरू खाली



अ+ अ-

एजेन्सी । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश बन्ने भएका छन् । यसबारे अगस्ट १०, शनिबार राति ९ बजे घोषणा गरिएको हो ।

यसअघि दिउँसो प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका थिए । उनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहान सर्वोच्च अदालत घेराउ गरेका थिए ।

त्यहाँ आन्दोलनकारीहरु ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीहरूले भने, ‘न्यायाधीशहरूले राजीनामा नगरे हसिनाजस्तै उनीहरूलाई कुर्सीबाट बाहिर निकालिनेछ ।’ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए ।

पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत गएकी थिइन् ।

यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई न सोधी शनिबार सम्पूर्ण अदालतको बैठक बोलाए । सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका हुन् ।

यसैबीच, बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव छ । लुट्ने डरले धेरै बैंकले एटीएम बन्द गरेका छन् । जुलाई ५ मा प्रहरीमाथि हमला भएपछि प्रहरी काममा फर्किएका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ ।