४ असार २०८३, बिहीबार
,
Latest
अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश, ढाकामा एटीएमहरू खाली



अ+ अ-

एजेन्सी । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश बन्ने भएका छन् । यसबारे अगस्ट १०, शनिबार राति ९ बजे घोषणा गरिएको हो ।

यसअघि दिउँसो प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका थिए । उनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहान सर्वोच्च अदालत घेराउ गरेका थिए ।

त्यहाँ आन्दोलनकारीहरु ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीहरूले भने, ‘न्यायाधीशहरूले राजीनामा नगरे हसिनाजस्तै उनीहरूलाई कुर्सीबाट बाहिर निकालिनेछ ।’ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए ।

पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत गएकी थिइन् ।

यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई न सोधी शनिबार सम्पूर्ण अदालतको बैठक बोलाए । सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका हुन् ।

यसैबीच, बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव छ । लुट्ने डरले धेरै बैंकले एटीएम बन्द गरेका छन् । जुलाई ५ मा प्रहरीमाथि हमला भएपछि प्रहरी काममा फर्किएका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ ।