३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश, ढाकामा एटीएमहरू खाली



अ+ अ-

एजेन्सी । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश बन्ने भएका छन् । यसबारे अगस्ट १०, शनिबार राति ९ बजे घोषणा गरिएको हो ।

यसअघि दिउँसो प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका थिए । उनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहान सर्वोच्च अदालत घेराउ गरेका थिए ।

त्यहाँ आन्दोलनकारीहरु ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीहरूले भने, ‘न्यायाधीशहरूले राजीनामा नगरे हसिनाजस्तै उनीहरूलाई कुर्सीबाट बाहिर निकालिनेछ ।’ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए ।

पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत गएकी थिइन् ।

यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई न सोधी शनिबार सम्पूर्ण अदालतको बैठक बोलाए । सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका हुन् ।

यसैबीच, बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव छ । लुट्ने डरले धेरै बैंकले एटीएम बन्द गरेका छन् । जुलाई ५ मा प्रहरीमाथि हमला भएपछि प्रहरी काममा फर्किएका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ ।