काठमाडौं– बुधबार पछिल्लो २४ घण्टामा नेपालमा थप १०५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६२८६ जनाको पीसीआर परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १४८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३० हजार ५ सय ३७ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १६५१ पुगेको छ ।











