काठमाडौं । पूर्वराजदूत तथा पूर्व सांसद कमानसिंह लामाको आज विहान दुई बजे निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको निधन भएको हो ।
काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।
लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।











