७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन, १० हजार मानिसलाई प्रदर्शनमा उतार्ने



अ+ अ-

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कम्युनिस्ट सरकारले गरेको दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिदलगायत भ्रष्टाचार काण्डको विरोधमा मंसिर २९ गते हेटौंडामा १० हजार मानिसलाई प्रदर्शनमा उतार्ने भएको छ । कांग्रेस हेटौंडा उपमहानगर, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको बुधबार बसेको छुट्टाछुट्टै बैठकले हेटौंडा उपमहानगरका १९ वडा, थाहानगर र ८ गाउँपालिकाबाट १० हजार प्रदर्शनकारीलाई हेटौंडामा उतारेर कम्युनिस्ट सरकारको तानाशाही, ज्यादती र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बसेको नगर कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा जिल्ला कार्यसमिति उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापतिहरु, हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका सभापति, वडाध्यक्षहरु, स्थानीय निकाय निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको उपस्थिति थियो ।

कांग्रेसको तरुण विभाग, भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पनि बुधबार जिल्ला पार्टी कार्यालयमा बैठक राखी विरोध प्रदर्शनमा जिल्लाका १० वटै स्थानीय निकायबाट तरुण युवा र विद्यार्थीहरु हेटौंडामा हुने विरोध प्रदर्शनमा उपस्थित गराउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिले तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, कोरोनाको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदलगायत भ्रष्टाचार काण्डको विरोधमा ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । नेपाल समाचारपत्र दैनिक