२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा

पुस अन्तिममा मेलम्ची सुरूङमा पानी पथान्तरण गरिने

पुस अन्तिममा मेलम्ची सुरूङमा पानी पथान्तरण गरिने
अ अ+ अ-

काठमाडौँ । पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ ।
आयोजनाले अहिले सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ । चारवटा गेटमध्ये सिन्धु र अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ग्याल्थुमको गेटको फ्रेम जडान गरेपछि पानी पथान्तरण गर्न मिल्नेछ । सुन्दरी जलको गेट पानी पथान्तरण गर्दै गर्दा जडान गर्न मिल्नेछ । ”

पानी पथान्तरणअघि एसियाली विकास बैङ्कको विज्ञ समूहले अनुगमन गर्नेछ । सम्पूर्ण कामको पुनरवलोकन गरेपछि पानी पथान्तरण गरिने छ । प्रवक्ता शाक्यका अनुसार तीन चरणमा पथान्तरण गरिने छ । पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड गरिने छ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने छ । सुरुङ फिनसिङको काम सकिएको छ भने हेडवक्र्सको काम भइरहेको छ । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ । हेडवक्र्स निर्माणको काम भइरहेको छ । सम्झौता अनुसार हेडवक्र्स आगामी माघसम्म सम्पन्न भइसक्नुपर्ने छ । निरन्तर काम भइरहेकाले सम्झौता अवधिभित्रै सकिने सम्भावना
रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

याङ्री र लार्के परियोजनाको काम अगाडि बढाइँदै
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना सम्पन्न भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याउँदा दैनिक ५१ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप नौ किमी सुरुङ खन्नुपर्ने हुन्छ । दोस्रो चरणको परियोजनाको प्रस्ताव र डिजाइन तयार भएको छ । यस वर्ष डिजाइनको स्टिमेट फाइनल गरी खरिद कार्य गर्ने योजना समितिको रहेको छ । सडक निर्माणका लागि छ करोड ५० लाख रुपियाँ मुआब्जा वितरण भइसकेको छ । छुटेका मुआब्जा पनि वितरणकै क्रममा छ ।

स्थानीय सडक, पुल, खानेपानीलगातका विकास निर्माणको काममा स्थानीयवासीसँग सहमति भइसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएपछि काम अगाडि बढ्ने समितिले जनाएको छ । आयोजनाका लागि करिब २५ अर्ब रुपियाँ लागतको अनुमान गरिए पनि मुख्य लगानीकर्ताको टुङ्गो भने लागिसकेको छैन । गोरखापत्र दैनिक