६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियाको कृषक बेसार खेतीतर्फ  आकर्षित



अ+ अ-

काठमाडौं । जंगली जनावरले धान वाली नस्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक बेसार खेतितर्फ आकर्षित भएका छन । उत्पादन भएको धान जनावरले नस्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेति शुरु गरेका हुन् । 

मधुवन नगरपालिकाको बेसार खेति पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेति शुरु गरेका हुन् । दलित महिला उत्थान संघद्धारा सञ्चालित आर्थिक शशक्तिकरणका लागी सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेति गरिरहेका छन् । मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले कबि १४ विघा जमिनमा बेसार खेति गरेका छन् । परम्परागत रुपमा गरिने धानमा जंगली जानावरले क्षति पुर्‍याएपछि किसानहरु बेसार खेतिमा आकर्षित भएका हुन् ।

सामूहिक रुपमा बेसार खेति गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ । नगरपालिकामा १० ओटा पकेट क्षेत्र रहेको र त्यस मध्ये बेसार खेतिलाई पहिलो प्रथमिकता दिएर अगाडि नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताउनुभयो । नगरपालिकाले बेसार खेतिमा किसानहरुलाई प्रोत्सहित गर्न बिउ समेत उपलब्ध गारएको छ ।

बेसार खेति शुरु भएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ । शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतितर्फ आकर्षित गरेको हो ।