२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा

आजबाट जावलाखेल स्थित सदर चिडियाखाना सर्वसाधारणका लागि खुल्यो

आजबाट जावलाखेल स्थित सदर चिडियाखाना सर्वसाधारणका लागि खुल्यो
अ अ+ अ-

काठमाडौं । गतवर्ष चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेल स्थित सदर चिडिया खाना आज (बिहीबार) देखी सर्वसाधारणका लागि खुल्ला भएको छ  । सदर चिडियाखानाका प्रमुख डा. चिरन्जीबी पोखरेलले बन्द भएको ९ महिना पछि चिडियाखानालाई खल्ला गरिएको बताउनुभयो । चिडियाखाना दैनिक बिहान १० बजे देखि साँझ ५ बजेसम्म खुल्ला गरिने छ । एकपटकमा ८ सय जना सम्मलाई प्रवेश दिइने पनि डा. पोखरेलले बताउनुभयो ।

चिडिया खाना घुम्न जाने व्यक्ति बढीमा डेढ घण्टा सम्म भित्र बस्न पाउने व्यवस्था पनि गरिएको छ । घुम्न आउनेले मास्क अनिवार्य लागाउनुपर्ने छ भने चिडियाखाना भित्र प्रवेश गर्दा हात सेनिटाइज गर्नुपर्ने, जुत्ता निसंक्रमण गर्नुपर्ने लगायतको व्यवस्था पनि गरिएको डा. पोखरेलले बताउनुभयो । यस्तै चिडियाखाना भित्र जनावरको नजिक जान, पार्कमा बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन भने बालबालिकालाई खेलाउन नपाइने नियम समेत बनाइएको छ ।  चिडियाखाना अवलोकन गर्न आउनेहरु पनि लामो समयपछि चिडियाखाना भित्र घुम्न पाउँदा खुशि लागेको बताएका छन् । पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरि जनावरहरुको अवलोकन गर्न पाउने व्यवस्था गरिएकाले असुरक्षा महसुस नभएको पनि उनीहरुले बताए ।

नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णय पछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्ला गरिएको हो । चिडियाखना अवलोकनका लागि घरबाटै टिकट खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ । काउन्टरबाट टिकट खरिद गर्दा समेत अनलाइन टिकट प्राप्त हुने छ । चिडियाखानामा अवलोकन गर्नका लागि १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ भने नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।