१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

टिआरसीमा भएको सहमतीले देशमा दिगो शान्तिको लागि बाटो दिन्छ: मन्त्री चौरसिया

टिआरसीमा भएको सहमतीले देशमा दिगो शान्तिको लागि बाटो दिन्छ: मन्त्री चौरसिया
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा सहमती जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरुका बीचमा सहमती जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताउनुभएको हो ।

उहाँले दलहरुका बीचमा भएको सहमती अनुरुप आएको विधेयक पीडितमैत्री भएको बताउनु भयो । उहाँले विधेयकले पीडितलाई न्याय दिने बताउनु भयो । उहाँले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताउनु भयो । त्यस्तै मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्यायको कुरा गर्दा सर्वोच्च अदालतले उठाएका विषयहरुलाई यस कार्यदलले सम्बोधन गरेको छ । मानव अधिकारको उल्लङ्घन र गम्भीर उल्लङ्घनको सवालमा, पीडितलाई न्याय दिनको लागि गल्ती गर्नेलाई सजाय दिनेकुरा, स्वतन्त्र सहमतीपछि पीडितलाई परिपुरण गर्ने कुरा लगायतका विविध सवालमा यो कार्यदलले मेहनत गरेर कानुनलाई अन्तिम रुप दिने प्रयास गरेको छ । यो विधेयकमा जे–जे सहमती भएको छ, यो पीडितमैत्री छ । यसले पीडितलाई न्याय दिन्छ ।’

‘स्वतन्त्र सहमती नभएको विषयमा कारबाहीको सिफारिस गर्ने टिआरसीले, त्यसमा पनि सहमती नभएको अवस्थामा जानकारी गराउने र पीडित पक्ष न्यायालयमा पनि जान सक्छ । र सरकारले पीडितहरुलाई परिपूरण गर्दा क्षतिपूर्ति लगायतका सबै कुराहरु दिन्छ । लामो समयदेखि द्वन्दमा रहेका यो देशलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र द्वन्द पक्ष माओवादी पार्टीका अध्यक्षसमेतले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने अठोट गरेको कारण आज १८ वर्षपछि यो कानुनमा सहमती भएको छ । यसले देशलाई दिगो शान्तिको लागि बाटो दिन्छ । पुन: यस्ता घटनाहरु यो देशमा नहुन भन्ने प्रयासहरु भइरहेको छ ।’

मन्त्री चौरसियाले देशमा पुन: द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताउनु भयो ।