३० असार २०८२, सोमबार
,
Latest
जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस् स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तिब्र पारेका छौंः मन्त्री दाहाल नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरौँः मन्त्री गुरुङ सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिआरसीमा भएको सहमतीले देशमा दिगो शान्तिको लागि बाटो दिन्छ: मन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा सहमती जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरुका बीचमा सहमती जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताउनुभएको हो ।

उहाँले दलहरुका बीचमा भएको सहमती अनुरुप आएको विधेयक पीडितमैत्री भएको बताउनु भयो । उहाँले विधेयकले पीडितलाई न्याय दिने बताउनु भयो । उहाँले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताउनु भयो । त्यस्तै मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्यायको कुरा गर्दा सर्वोच्च अदालतले उठाएका विषयहरुलाई यस कार्यदलले सम्बोधन गरेको छ । मानव अधिकारको उल्लङ्घन र गम्भीर उल्लङ्घनको सवालमा, पीडितलाई न्याय दिनको लागि गल्ती गर्नेलाई सजाय दिनेकुरा, स्वतन्त्र सहमतीपछि पीडितलाई परिपुरण गर्ने कुरा लगायतका विविध सवालमा यो कार्यदलले मेहनत गरेर कानुनलाई अन्तिम रुप दिने प्रयास गरेको छ । यो विधेयकमा जे–जे सहमती भएको छ, यो पीडितमैत्री छ । यसले पीडितलाई न्याय दिन्छ ।’

‘स्वतन्त्र सहमती नभएको विषयमा कारबाहीको सिफारिस गर्ने टिआरसीले, त्यसमा पनि सहमती नभएको अवस्थामा जानकारी गराउने र पीडित पक्ष न्यायालयमा पनि जान सक्छ । र सरकारले पीडितहरुलाई परिपूरण गर्दा क्षतिपूर्ति लगायतका सबै कुराहरु दिन्छ । लामो समयदेखि द्वन्दमा रहेका यो देशलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र द्वन्द पक्ष माओवादी पार्टीका अध्यक्षसमेतले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने अठोट गरेको कारण आज १८ वर्षपछि यो कानुनमा सहमती भएको छ । यसले देशलाई दिगो शान्तिको लागि बाटो दिन्छ । पुन: यस्ता घटनाहरु यो देशमा नहुन भन्ने प्रयासहरु भइरहेको छ ।’

मन्त्री चौरसियाले देशमा पुन: द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताउनु भयो ।