२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

३२ वर्षदेखि मेलम्चीको पानीको प्रतीक्षामा उपत्यका बासिन्दा

३२ वर्षदेखि मेलम्चीको पानीको प्रतीक्षामा उपत्यका बासिन्दा
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका बासिन्दा विगत ३२ वर्षदेखि मेलम्चीको पानीको प्रतीक्षामा छन् । काठमाडौं आउनै लागेको खानेपानी सुरुङ परीक्षणकै क्रममा डिजाइन गलत हुँदा अझै अनिश्चित भइरहेको छ । सरकारले मेलम्चीको पानी आउने मिति धेरैपटक घोषणा गर्यो तर आजसम्म पनि पानी आउने कुनै छाँटकाँट छैन । जुन सरकार आए पनि अधुरा घोषणा मात्रै गर्छन् । उपत्यकामा खानेपानीको पाइप बिच्छ्याएर घरघरमा धारा जडान गरे पनि पानी कहिले आउने हो अझै पत्तो छैन ।

खानेपानी आउने खुसी साट्न नपाउँदै काठमाडौं आउन लागेको पानी पुनः धकेलिएको छ । गत असारमा सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाउँदा ढोका गलत तरिकाले डिजाइन भएकाले दुर्घटना परी दुई जनाको निधन हुन पुग्यो । आयोजनाको समग्र भौतिक निर्माणको काम शुरु भएको २० वर्ष नाघिसकेको छ । सुरुङ निर्माणको काम शुरु भएको मात्र १२ पुगिसकेको छ । तर मेलम्ची कहिले आउँछ, सरकारले यकिन गर्न सकिरहेको छैन । थोरै प्रतिशत काम बाँकी रहँदा पनि उक्त काम तीव्र गतिमा अगाडि बढ्न सकिरहेको छैन । सम्भवतः यस वर्ष नै मेलम्चीको पानी काठमाडौं आउने दाबी खोनपानी मन्त्रालयले गर्दै आएको छ ।

मेलम्ची आयोजना शुरु भएसँगै उपत्यकाभित्र खानेपानी वितरणका लागि काम अगाडि बढेको पनि वर्षौं बितिसक्यो । खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडक केही स्थानमा निर्माण भएको छ भने अधिकांश ठाउँमा धुलाम्मे अवस्थामा छ । सुन्दरीजलमा निर्माण गरिएको प्रशोधन केन्द्रमार्फत पहिलो चरणमा पाइपको परीक्षण गरिएको छ । तर मेलम्चीको पानी काठमाडौं नआउँदासम्म भत्काएको सडक बनाउने अवस्था छैन । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेका छन् । सुन्दरीजलबाट चाबहिल हुँदै ललितपुरसम्म लैजाने पाइपको परीक्षण गर्न अझै बाँकी नै रहेको छ ।

मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले पहिलो चरणमा वैकल्पिकरुपमा सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकाभित्र बिच्छ्याइको पाइपको परीक्षण गरे पनि अन्तिम परीक्षण मेलम्चीको पानी आएपछि मात्र हुने बताएको छ । आयोजना निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले पानी परीक्षणको काम अझै बाँकी रहेको बताउनुभयो । ‘पहिलो चरणमा टेस्ट गर्ने काम त सकियो, मेलम्चीबाट पानी आएपछि पुनः टेस्ट गर्नुपर्ने हुन्छ, टेस्ट गर्न बाँकी रहेकाले ती ठाउँमा सडक कालोपत्रे गर्न मिल्दैन ।’ –उहाँले भन्नुभयो।

सुन्दरीजल महांकाल हुँदै चाबहिलसम्म खानेपानी आयोजनाले बारम्बार सडक भत्काउने गर्दै आएको छ । मुख्य पाइपलाइन यही सडकअन्तर्गत पर्ने भएकाले यी क्षेत्रका बासिन्दाले सबैभन्दा बढी सास्ती खेप्दै आएका छन् । चाबहिलमा व्यवसाय गर्दै आएका चन्द लामाले समयमा नै मेलम्ची नआउँदा यस क्षेत्रका व्यवसायीहरुले सबैभन्दा ठूलो पीडा खेप्नुपरेको बताउनुभयो । ‘एकपटक सडक खनेपछि अब बन्छ होला भन्ने आशा गर्यो, महिनैपिच्छे सडक भत्काउने मात्र काम भइरहेको छ, कोरोनाले व्यवसाय संकटमा परेका बेला मेलम्ची आयोजना समयमा नै पूरा नहुँदा उड्ने धुलोले ग्राकहरु पसल नै छिर्दैनन् ।’ –लामाले बताउनुभयो।

प्रतिदिन ५१ करोड लिटर पानी राजधानी पठाउने प्राविधिक तयारीअनुसार निर्माण भएको २७ किलोमिटर सुरुङबाट हाल १७ करोड लिटर पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले लामो समयदेखि चाबहिल क्षेत्रमा सडक अस्तव्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुई दशकदेखि चाबहिल क्षेत्रमा सडक भत्काउने र निर्माण गर्ने क्रम चलिरहेको छ, उपत्यकाभित्रको सडकलाई व्यवस्थित गर्ने कार्यमा लागिरहेका छौं, चाबहिल क्षेत्रको समस्या मेलम्ची आएपछि मात्र समाधान हुन्छ ।’

डिभिजन कार्यालयले सडक व्यवस्थित बनाउने कार्यमा अहोरात्र काम गरिरहे पनि स्थानीयले सडक निर्माण भएलगत्तै भत्काउने क्रमले थप समस्या सृजना हुने गरेको उहाँले बताउनुभयो । चाबहिल क्षेत्रमा चाहेर पनि सडक कालोपत्रे गर्न सक्ने अवस्था नरहेको बताउँदै नेपालीले मेलम्चीको पानी आएपछि पाइपको टेस्ट गरेपछि मात्र सडक राम्रो हुने बताउनुभयो । सडक समयमा नै निर्माण नहुँदा उक्त क्षेत्रमा ट्राफिक व्यवस्थापनसमेत अस्तव्यवस्त बन्ने गरेको छ । नेपाल समाचारपत्र दैनिक