२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना र बाढी पहिरोका घटनाले पूर्वराष्ट्रपति भण्डारी मर्माहत



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । उहाँले दुई साताअघि भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जना यात्रुले ज्यान गुमाएको दु:खद् घटनाको खाटा नबस्दै पुन: काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी क्याप्टेन अरुण मल्ल सहित चारजना चिनियाँ नागरिकको निधन भएको तथा गत सोमबार रातिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको दु:खद् समाचारले म मर्माहत भएको छु भन्नुभएको छ ।

यी दुवै दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले शोकाकुल परिवारजनमा समवेदन प्रकरण गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाली आकाशमा सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक सुधारका लागि यथाशीघ्र पहल गर्न तथा मनसुनजन्य विपद्बबाट हुने क्षति न्यूनीकरण गर्न वैज्ञानिक–प्राविधिक अध्ययनको आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।