४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खान युनिसका कसाई याह्या सिनवार हमास प्रमुख बने



अ+ अ-

एजेन्सी । इस्माइल हानियको मृत्युपछि याह्या सिनवार हमासको प्रमुख बनेका छन् । हमासले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । यसअघि याह्या सिनवारले गाजामा मात्र हमासको कमान्ड गर्दै थिए ।

हानियले कतारबाट संस्था सञ्चालन गरिरहेको बेला सिनवार गाजामा बस्दथे । सन् २०१७ मा गाजा प्रमुख बनेदेखि उनी कहिल्यै देखा परेका छैनन् । सिनवारको हमासमाथि निकै बलियो पकड छ ।

१ जुलाईमा तेहरानमा रहेको हानियको बेसमा मिसाइल प्रहार भएको थियो । यसमा हानिया र उनका एक अंगरक्षकको मृत्यु भएको थियो । हानियको नेतृत्वमा हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा ७५ वर्षमा सबैभन्दा ठूलो हमला गरेको थियो । यसमा १२ सयभन्दा बढीको मृत्यु भएको थियो । जबकि सिनवार त्यसको मास्टरमाइन्ड थिए ।

सामान्यतया, एक प्रमुखको मृत्यु पछि, उनको स्थानमा उपप्रमुख द्वारा नियुक्त गरिन्छ, तर हमासका उपप्रमुख सालेह अल–अरूरीको यस वर्ष जनवरीमा हत्या भएको थियो । इजरायली सेनाले हमासका नम्बर २ नेतालाई ड्रोन आक्रमणमा मारेको थियो । हमासको राजनीतिक शाखामा नम्बर १ र २ नम्बर दुवै कुर्सी खाली भएको थियो ।

हाल हमासमा गाजामा इजरायलको युद्धको अवस्था सिनवारभन्दा राम्रोसँग बुझ्न सक्ने नेता छैन । यस्तो अवस्थामा उनलाई प्रमुख बनाइएको हो । अब सिनवारले मात्रै बन्धकहरुको रिहाई र युद्धविराम सम्बन्धी महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

को हुन् सिनवार ?

नयाँ हमास प्रमुखको पूरा नाम याह्या इब्राहिम हसन सिनवार हो । उनको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो । याह्याका आमाबाबु अश्कलोनका थिए ।

जब इजरायल १९४८ मा स्थापना भयो र हजारौं प्यालेस्टाइनीहरूलाई उनीहरूको पुर्खाको घरबाट निष्कासित गरियो, याह्याका आमाबाबु पनि शरणार्थी भए ।

सिनवारलाई सन् १९८९ मा दुई इजरायली सैनिक र चार प्यालेस्टिनीको अपहरण र हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यतिबेला याह्या १९ वर्षका थिए । मुद्दा चल्यो । पछि उनलाई चार आजीवन कारावासको सजाय सुनाइएको थियो ।

तर, सन् २०११ मा इजरायली सिपाही गिलाड शालितको बदलामा १,००० भन्दा बढी कैदीहरूको आदानप्रदानको क्रममा सिनवारलाई पनि रिहा गरिएको थियो । त्यतिन्जेल सिनवारले करिब २२ वर्ष जेलमा बिताइसकेका थिए ।

सिनवार निर्मम हत्याका लागि परिचित छन् । बीबीसीको रिपोर्टका अनुसार सिनवारले इजरायलका लागि जासुसी गरेको आशंकामा आफ्नो भाइको हातबाट एक व्यक्तिलाई जिउँदै गाडेका थिए ।