४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

दुर्घटनाले बदलियो विक्रमको जीवन, खुट्टा काट्ने सल्लाह दिएका थिए डाक्टरले

दुर्घटनाले बदलियो विक्रमको जीवन, खुट्टा काट्ने सल्लाह दिएका थिए डाक्टरले
अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार चियान विक्रमको अर्को फिल्म ‘थांगलान’ हो । हालै फिल्मका निर्माताहरूले चेन्नईमा यसको अडियो लन्च कार्यक्रम आयोजना गरेका थिए ।

यस अवसरमा अभिनेता विक्रमले आफ्नो जीवनमा भएको घटनाको बारेमा कुरा गरे जसले उनको जीवन बदलियो । अभिनेताले फिल्मको सेटमा भएको दुर्घटनाको पनि उल्लेख गरे ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार कार्यक्रममा विक्रमले भने कि जब उनी सानै थिए, कलेजमा थिए र अभिनेता बन्न कडा मेहनत गरिरहेका थिए, तब उनको एउटा भयानक दुर्घटना भयो ।

कलेजको एउटा नाटकमा सहभागी हुन जाँदा उनी दुर्घटनामा परे जसमा उनको खुट्टा घुँडादेखि खुट्टासम्म भाँचियो । यसपछि विक्रमले ३ वर्ष अस्पतालमै बिताए । अवस्था यति नाजुक थियो कि डाक्टरहरूले घाइते खुट्टा काट्न सुझाव दिए ।

अन्तत: ३ वर्षमा २३ वटा शल्यक्रिया गरेपछि विक्रमको खुट्टा निको भयो तर यसपछि पनि उनलाई बेलाबेलामा संक्रमण भइरह्यो । यी सबैको बाबजुद पनि उनी आफ्नो लक्ष्यबाट रोकिएनन् ।

यस अवसरमा विक्रमले फिल्म ‘थांगलान’ को सेटमा भएको दुर्घटनाको पनि उल्लेख गरे । एक्शन सीन सुटिङका ​​क्रममा आफ्नो करङ भाँचिएको तर पनि उनले फिल्मको सुटिङ जारी राखेको अभिनेताले बताए ।

विक्रमले फिल्म ‘थांगलान’ मा आफ्नो क्यारेक्टरका लागि निकै मेहनत गरेका छन् । उनले आफूलाई पूर्णरुपमा परिवर्तन गरे । पा रञ्जितले निर्देशन गरेको यो फिल्म १५ अगस्टमा पाँच भाषामा रिलिज हुँदैछ ।