२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी निर्माणको अभियानमा जुट्न अध्यक्ष ओलीको निर्देशन



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले यतिबेला पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

मंगलबार अन्तरपार्टी निर्देशन (अपानी)–१० जारी गर्दै ओलीले नेता कार्यकर्तालाई पार्टी निर्माणको अभियानमा जुट्न निर्देशन दिनुभएको छ छ ।

ओलीले पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने काममा लाग्न निर्देश गर्नुभएको छ । ‘यतिबेला हामी पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेका छौँ, नेकपा (एमाले) र नेपाली कांग्रेसका बिचमा भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको छु, पार्टी अध्यक्ष ओलीले जारी गर्नु भएको अपानिमा उल्लेख छ ।

पार्टी अध्यक्षको नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षाअनुरूप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सुरु गरेको अपानिमा उल्लेख छ । ‘नयाँ सत्ता समीकरण निर्माण भएसँगै सातवटै प्रदेशमा पार्टीको सहभागितामा प्रदेश सरकार गठन भएका छन् वा गठनको प्रक्रियामा छन्, स्थानीय तहमा पनि हाम्रो पार्टीको उल्लेख्य सहभागिता र नेतृत्वसमेत छ’, अपानिमा लेखिएको छ ।

केन्द्र र प्रदेश सरकारमा महत्त्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता प्राप्त भएको पार्टीको अपानिमा लेखिएको छ । ‘अब मिसन ०८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधरिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु पर्दछ’, निर्देशनमा उल्लेख छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प गरेको स्मरण गराउँदै पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

‘स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिङ्गो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा केन्द्रित हुनुपर्दछ, म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुनु अनुरोध गर्दछु’, ओलीले जारी गर्नुभएको अपानिमा लेखिएको छ ।