२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका छन् ।

उनी बुधवार बिहान १ बजे दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ मार्फत काठमाडौँ ओर्लिएका थिए ।

उनको साथबाट ६ किलो कोकिन बरामद गरेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

यसबारे अनुसन्धान भइरहेको एसएसपी आचार्यले बताए ।