३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिका लागि आज नेपाल र भारत भिड्ने, प्रधानमन्त्री ओली खेल हेर्न कभर्ड हल जाने



अ+ अ-

काठमाडौं । काभा महिला नेसन्स भलिबलको फाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा आज साँझ ५ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो ।

नेपालले सेमिफाइनलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।

समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर नेपालले खेल पाँचौं सेटमा पुगेर जितेको थियो । यो नेपालको ऐतिहासिक जित थियो ।

समूह चरणामा नेपालसँग मात्र पराजित भएको भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।

प्रधानमन्त्री ओली फाइनल हेर्न जाने

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला नेसन्स लिगको फाइनल हेर्न जाने भएका छन् ।

उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । सो खेल हेर्न ओली कभर्ड हल जाने भएका हुन् ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।