५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटना न्युनिकरणका लागि सरकारले सबै उपायहरु अवलम्वन गर्छ: गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सबै उपायहरु अवलम्बन गर्ने बताउनुभएको छ ।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सरकारले सबै उपायहरु अवलम्वन गर्ने बताउनुभएको हो ।

उहाँले सडक दुर्घटनाहरु निरन्तर भइरहेका भन्दै यस्ता दुर्घटनाहरु न्युनिकरण गर्न आवश्यक भएको बताउनु भयो । उहाँले दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको भन्दै यसको निम्ति सरकारले सबै उपायहरु अवलम्बन गर्ने स्पष्ट पार्नुभयो । उहाँले सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सडक दुर्घटना न्युनिकरणका लागि मन्त्रालय सँगसँगै अन्य निकायहरुको भुमिका हुने भन्दै सुझावलाई कार्यान्वयन गर्नका लागि मातहतका निकाय र सरोकारवाला निकायहरुलाई पत्राचार गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यस्ता किसिमका दुर्घटनाहरु न्युनिकरण गर्न आवश्यक छ । यस्ता किसिमका दुर्घटनाहरु अब नहुन भन्ने कुराको सुनिश्चितता गर्न आवश्यक छ । त्यसका लागि सरकारले सबै उपायहरु अवलम्वन गर्नेछ । यो प्रतिवेदनलाई पनि अध्ययन गरेर, यसमा धेरैको सरोकार देखिन्छ । एउटा मात्रै निकायको सरोकार छैन । सडक विभागको सरोकार छ । स्थानीय तहको सरोकार छ । प्रहरीको सरोकार छ । अरु पनि तमाम निकायहरुको सरोकार भएको हुनाले यो प्रतिवेदनमा उल्लेख भएका जतिपनि सुझावहरु छन् । ति सुझावहरु सम्बन्धित निकायलाई पठाइनेछन् । र त्यसको कार्यान्वयन गराइनेछ । यो मन्त्रालयले गर्नुपर्ने यि प्रतिवेदनमा प्रश्तुत सुझावहरुलाई कार्यान्वयन गरिनेछ । म यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । यो हामी सबैको साझा चासो र चिन्ताको विषय भएको हुनाले यो विषयलाई गम्भीरतापूर्वक लिएर अबका दिनहरुमा यस्ता सडक दुर्घटनाहरुलाई न्युनिकरण गर्नका लागि हामीले अपनाउनुपर्ने सबै उपायहरु अपनाउनेछौँ । सबैको सहयोग र सरोकार आवश्यक छ । यो प्रतिवेदनमा प्रस्तुत भएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

चितवन जिल्ला भरतपुर महानगरपालिका २९ को सिमलटार भन्ने ठाउँमा गत असार २८ गते पहिरोमा परी दुई यात्रुवाहक बस बेपत्ता भएको थियो । काठमाडौंबाट गौरको लागि छुटेको गणपति डिलक्समा ३६ जना यात्रु रहेकोमा ३ जना यात्रु मात्रै जीवित रहेका थिए । त्यस्तै वीरगञ्जबाट काठमाडौंको लागि आउँदै गरेको एञ्जल डिलक्स बसमा ३६ जना यात्री रहेकोमा कोही पनि जिवित फेला परेका छैनन् । हालसम्म २४ वटा शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको अवस्था छ ।