५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षासँगै काठमाडौँमा अत्यधिक ट्राफिक जाम



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । मनसुन पुन: सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा रातिदेखि नै वर्षा भईरहेको छ । भारी वर्षाका कारण यहाँँको ट्राफिक व्यवस्थापन अस्तव्यस्तत भएको छ ।

सडकमा पानी जमेका कारण माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, बालाजु र त्रिपुरेश्वर क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको छ ।

लैनचोरबाट केशरमहलतर्फको सडक र माइतीघरबाट भद्रकाली तर्फ जाने सडकमा पानी बगिरहेको छ । त्रिपुरेश्वर सडकमा पनि पानी जमेपछि कालीमाटीबाट त्यसतर्फ आउने सवारीमा चाप परेको छ ।

पानी जमेको ठाउँमा सवारीको फ्लो राम्रो हुन नसकेको कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए ।

यस्तै, भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेको छ । नदी तथा खोलामा पानीको वहाबसँगै जोखिम बढेको छ । खोला किनारका सडक जलमग्न हुँदा पनि मूल सडकमा सवारी चाप बढेको हो।