२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशः खालेदा जिया जेलमुक्त, युनुस अन्तरिम सरकार प्रमुख



खालेदा जिया
अ+ अ-

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर बिदेश पलायन भएलगत्तै बंगलादेशमा नयाँ सत्ता समिकरणको क्रम सुरू भएको छ ।

राष्ट्रपति मोहम्मद शाहबुद्दीनले लामो समयदेखि जेलमा रहेकी पूर्व प्रधानमन्त्री एवं विपक्षी नेतृ खालेदा जियालाइ जेलमुक्त गर्नु भएको छ ।

बेगम खालेदा जिया मुख्य विपक्षी दल बंगलादेश नेसन्लिस्ट पार्टी (बिएनपी) की अध्यक्ष हुन् । हाल ७८ वर्षकी जियाको स्वास्थ्य अवस्था नाजूक रहेको छ तर पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकारले जिया विरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै १७ वर्षको जेलसजाय दिएर थुनामा रहेकी थिइन् ।

राष्ट्रपति शाहबुद्दीनले डाकेको बैठकमा सेना प्रमुख वाकर–उज–जमान, बिएनपी र जमात ए इस्लामी पार्टी समेतका अन्य दलका शीर्ष नेताहरु उपस्थित थिए । उक्त बैठकमा प्रदर्शनका क्रममा जेलमा रहेका सबैलाई जेलमुक्त गर्ने सहमति भएको बंगलादेशी अखबार डेली स्टारले जनाएको छ ।

गत जुलाईदेखि बंगलादेशमा विद्यार्थीहरुले सरकार विरोधी अभियान थालेका थिए जसमा सयौं व्यक्तिको मृत्यु भएको छ ।

अन्तरिम सरकारको नेतृत्व युनुसलाई दिने तयारी

नोबेल पुरस्कार विजेता डा मोहम्मद युनुसलाई आगामी सरकारको मुख्य सल्लाहकार नियुक्त गर्न राष्ट्रपतिले आह्वान गर्न सक्ने बंगलादेशी अखबारहरुले जनाएका छन् । यसका लागि युनुसले आन्दोलनकारी विद्यार्थीहरुले राखेको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ ।

आन्दोलनकारी विद्यार्थी नेता नाहिद इस्लामले आफूहरुले डा युनुससँग वार्ता गरेको र मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखी जतिसक्दो चाँडो डा युनुसको नेतृत्वमा सरकार गठन गर्न गरिएको प्रस्तावलाई उहाँले स्वीकार गर्नु भएको बताएका छन् ।

डा मोहम्मद युनुस

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छाडेपनि देशका विभिन्न भागमा लुटपाट, गोली चलाउने, दंगाफसाद, आगजनी र धार्मिक स्थलहरुमा आक्रमण गर्ने सिलसिला रोकिएको छैन ।

मुलुकको विग्रदो स्थितिलाई ध्यानमा राखी विद्यार्थी नेताहरु जतिसक्दो चाँडो अन्तरिम सरकार गठन गर्न तयार भएका छन् । उनीहरुले राष्ट्रपति शाहबुद्दीनलाई सरकार गठनमा बिलम्ब नगर्न आग्रह पनि गरेका छन् । उनीहरुले मन्त्रिपरिषदका सदस्यहरुको नाम पनि मंगलबार नै सार्वजनिक गरिसक्ने बताएका छन् ।

विद्यार्थी नेता नाहिदले अबको सरकार कुनै सेनाको नेतृत्वमा नहुने अथवा सेना समर्थित सरकार, पूर्ववर्ती सरकारमा काम गरिसकेका व्यक्तिको नेतृत्वमा सरकार गठन नहुने र त्यस्तो भएमा आफूहरुले अस्वीकार गर्ने बताएका छन् ।

नाहिदले सार्वजनिक सम्पत्ति र अल्पसंख्यकको सुरक्षाका लागि विद्यार्थीहरुले आजैदेखि खबरदारी गर्ने बताएका छन् ।