४ आश्विन २०८१, शुक्रबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनस्र्थापनको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गनुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याई हुने छैन भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । “ नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा तपाईहरूको संर्घष, त्याग र योगदान महत्वपूर्ण छ, अहिले तपाईहरूलाई राज्यले जे जति गर्नुपर्ने थियो त्यो भइरहेको छैन् भन्ने मैले महसुश गरेको छु”, उहाँले भन्नुभयो ।

शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, वलिदान र संघर्षका कारण अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रमक शासन व्यवस्था पाएको उहाँको भनाइ थियो । “राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पुरा हुन सकेमात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउनेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो ।