२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारी बैठक: केन्द्रिय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा आगामी केन्द्रिय कार्यसमिति बैठकका एजेण्डाहरुको सम्बन्धमा छलफल भएको छ ।

सोमवार पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले आगामी साउन २३ गतेबाट हुने काँग्रेस केन्द्रिय कार्यसमिति बैठकको एजेण्डाहरुको सम्बन्धमा छलफल भएको हो ।

पदाधिकारी बैठकमा अगामी केन्द्रिय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले प्रश्ताव गर्नुभएको राजनीतिक प्रश्ताव, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रिय कार्यसमिति बैठकमा छलफल हुने तय भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘साउन २३ गतेबाट काँग्रेस केन्द्रिय कार्यसमिति बैठक आह्वान गरिएको छ । सो बैठकलाई केन्द्रबिन्दु राखेर आज छलफल भयो । आजको बैठकबाट आएको कुरा अनुसार महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापतिज्युले राजनीतिक प्रश्ताव पेश गर्नुभएको छ । महामन्त्री गगन थापाले सांगठनिक प्रश्ताव पेश गर्नुभएको छ । र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदनको विषयमा गरेर ३ वटा प्रश्ताव पेश भएका थिए । प्रश्तावहरुमा महासमितिमा व्यापक छलफल भयो ।

बैठकले आएका सुझावहरु सहित, संशोधनसहित केन्द्रिय कार्यसमितिबाट पारित हुनेगरी जुन निर्णय भएको थियो । सोही विषयमा अब बस्ने केन्द्रिय कार्यसमिति बैठकले उक्त महासमितिबाट प्रश्तुत भएको जुन प्रश्तावहरु हो । जुन सुझावहरुलाई समेत समेटेर प्रश्ताव पेश गरेर पारित गर्ने भन्नेकुरा भएको छ । सरकारमा रहेर नेपाली कांग्रेसले पार्टी संगठनलाई तल्लो तहसम्म लिएर जाने कुरा र सरकारमा बसेर काँग्रेसले कस्तो भुमिका खेल्नुपर्छ भन्ने बारेमा पनि छलफललाई केन्द्रीकृत गर्ने भन्नेकुरा भएको छ । पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको बारेमा पनि छलफल हुन्छ ।’

उहाँले सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लाने कुरामा केन्द्रिय कार्यसमिति बैठक केन्द्रीत हुने बताउनु भयो ।