९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भयो: मन्त्री साह



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा उहाँले सो जानकारी दिनु भएको हो । मन्त्री साहले महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसारपसार विरुद्धको दश वर्षे नया राष्ट्रिय कार्य योजनाको मस्यौदा पनि तय गरिएको बताउनु भयो । उहाँले मानव बेचबिखन तथा ओसारपसार पीडित, प्रभावितहरुका लागि मनोसामाजिक परामर्श केन्द्र तथा अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन भईरहेको दावी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भएको छ । मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसारपसार विरुद्धको दश वर्षे नया राष्ट्रिय कार्य योजनाको मस्यौदा तयार भएको छ । यस मन्त्रालयको सहयोग र समन्वयमा संचालित पुनस्र्थापना केन्द्रमा आश्रित मानव बेचबिखन तथा ओसारपसार पीडित, प्रभावितहरुका लागि मनोसामाजिक परामर्श केन्द्र तथा अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन भईरहेको छ । जिल्ला र प्रदेश स्तरमा अनलाईनबाट हुन सक्ने बेचबिखनबाट जोगिन साइबर क्राईम सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन भईरहेको छ । ’

मन्त्री साहले मानव बेचबिखनबाट जोगिन सरकारले सचेतनामुलक कार्यक्रममा जोड दिएको बताउनु भयो ।