६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

माओवादीले किन उठाउन खोज्दैछ प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा ?

माओवादीले किन उठाउन खोज्दैछ प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा ?
अ+ अ-

काठमाडौं । कहिले कांग्रेस त कहिले एमालेको टाउकोमा टेकेर लामो समयदेखि सत्तामा राइदाइँ गर्दै आएको नेकपा माओवादी केन्द्र अहिले प्रतिपक्षीमा पुगेको छ । कांग्रेस र एमाले मिलेर सरकार गठन गरेपछि विपक्षीको कित्तामा पुगेको माओवादीभित्रको छटपटाहट पनि बढेको छ ।

माओवादी केन्द्रले अग्रगामी परिवर्तनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा जोड दिँदै देशव्यापी अभियान चलाउने तयारीसमेत सुरु गरिसकेको छ । यो मुद्दा माओवादी केन्द्रले आठ वर्षअघि संविधान निर्माणका क्रममा सम्झौता गर्दा स्थगित गरेको थियो । तर अहिले कांग्रेस–एमालेले संविधान संशोधन गर्ने भनेपछि उसले यो मागलाई अघि बढाएको हो ।

कांग्रेस–एमालेले संविधान संशोधनमा जाने गरी सातबुँदे सहमति गरेपछि माओवादीले ‘संविधानमा अग्रगामी परिवर्तन’ का लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा जोड दिन थालेको हो ।

२०६२/६३ को आन्दोलनपछि लगातार जसो माओवादी केन्द्र सरकारमा छन् । शान्ति प्रक्रियापछिका १३ सरकारमध्ये नौवटामा माओवादी सहभागी थियो । चार पटक सरकारको नेतृत्व नै गरिसकेको छ । तर अहिले आफ्नो पुरानो माग ब्यूँत्याएको छ ।

माओवादीले २०७२ असारमा संविधान मस्यौदा समितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने भन्दै शासकीय स्वरूपमा फरक मत राखेको थियो । उसले संविधानसभाबाट २०७२ असोज ३ मा संविधान जारी गर्ने बेला शासकीय स्वरूपमा आलंकारिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीमा सम्झौता गरेको थियो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा माओवादीले भावी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका रूपमा अध्यक्ष पुष्पकमल दाहाललाई अघि सार्दै उनको तस्बिरसहित भित्ते लेखनसमेत गरेको थियो ।

संविधान जारी भएको १२ वर्षपछि संविधान संशोधनको मुद्दामा दुई ठूला दल कांग्रेस–एमालेले सहमति गरेसँगै यो मुद्दा फेरि बहसमा आएको छ । कांग्रेस र एमालेबीच असार १७ मा भएको सातबुँदे सहमतिमा ‘संविधान लागू भएपश्चात् अभ्यासमा देखापरेको सबल र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माणलाई प्राथमिकता दिने’ उल्लेख छ । कांग्रेस र एमालेको सातबुँदे सहमतिपछि नै माओवादी सत्ताबाट बाहिरिएको छ ।

माओवादीले संविधानमा प्रगतिशील र अग्रगमन संशोधनका लागि आफू तयार रहेको पनि जनाएको छ । तर कांग्रेस र एमालेले संविधान संशोधनका नाममा प्राप्त उपलब्धि कमजोर बनाउने प्रपञ्च गरे त्यो स्वीकार्य नहुने चेतावनी उसले दिइसकेको छ । कांग्रेस–एमाले भने अहिलेको निर्वाचन प्रणालीका कारण दलले एकल बहुमत ल्याउन नसक्ने भएकाले त्यसलाई संशोधन गर्न चाहिरहेको बुझाई माओवादीको छ ।

माओवादी केन्द्रले आफ्नो पुरानै माग अघि सारेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनत जस्ता पार्टीले पनि संविधान संशोधन गर्दा आफ्ना चासो समेट्न दबाब दिन थालेका छन् । संविधान संशोधनको कुरा जति अघि बढ्छ त्यति नै यो विषयमा बहस छेडिने र राजनीतिक ध्रुवीकरण बढ्ने निश्चित देखिन्छ ।